उपाहार न्यूज
उदयपुर कात्तिक ७
जिल्ला खेलकुद विकास समिति उदयपुरको लामो समय देखि रिक्त रहेको जिम्मेवारी सागर नेपालले आईतबारबाट औपचारिक रुपमा सम्हालेका छन् । प्रदेश नं. १ मन्त्री परिषद बैठकबाट प्रदेश खेलकुद विकास वोर्डले प्रदेश नं. १ का १४ वटै जिल्लामा रिक्त रहेको अध्यक्ष र उपाध्यक्ष पदमा मनोनित गरेको थियो ।
प्रदेश खेलकुद विकास वोर्डले उदयपुर खेलकुद विकास समितिको अध्यक्षमा सागर नेपाल, उपाध्यक्षमा मनकुमारी राईलाई जिम्मेवारी तोकेको थियो । उदयपुरका अध्यक्ष नेपाल र उपाध्यक्ष राईले कात्तिक ४ गते प्रदेश १ का सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष बल बहादुर सम्सोहाङबाट सपथ लिएका थिए । आईतबार खेलकुद विकास समितिको जिम्मेबारी लिए संगै अध्यक्ष नेपालले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु समेत मनोनित गरेका छन् ।

मनोनित हुने सदस्यहरुमा विद्यालय शिक्षकहरु मध्यबाट लक्ष्मीपुर माविका शिक्षक कुमार कार्की, खेल क्षेत्र आबद्ध संघ संस्थाको तर्फबाट क्रिकेटबाट राजु रोका, ह्याण्ड वलबाट मिलन रिजाल, करातेबाट विन्दा राई, खेलकुदमा उल्लेखित योग्दान पुर्याउने व्यक्तिबाट वल बहादुर कार्की लाई सदस्यमा मनोनित गरेको अध्यक्ष नेपालले जानकारी दिनु भयो ।

पदिय जिम्मेबारी सम्हाल्दै अध्यक्ष नेपालले लामो समय नेतृत्व विहिन बन्न पुगेको उदयपुर खेलकुद विकास समितिलाई चलायमान बनाएर उदयपुरको खेल क्षेत्रको विकासमा काम गर्ने बताउनु भयो । अध्यक्ष नेपाल एमाले निकट खेलकुद महासंघ उदयपुरका अध्यक्ष हुन् लामो समय देखि युवा सामाजिक अभियान्तको रुपमा परिचित रहदै आएका नेपाल युवाहरु माझ लोकप्रिय छन् ।