Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

एमसिसि राष्ट्रिय सहमती भए मात्र पास हुन्छ ः परराष्ट्रमन्त्री डा. खड्का

  • उपहार न्यूज
  • सोमबार, असोज ११ २०७८
एमसिसि राष्ट्रिय सहमती भए मात्र पास हुन्छ ः परराष्ट्रमन्त्री डा. खड्का

विश्वराज तामाङ
असोज ११
संयुक्त राष्ट्र संघिय महासभामा भाग लिन अमेरिकामा रहनु भएका नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले एमसिसि राष्ट्र हितमा भए सबै दलको सहमती भए मात्र लिने बताउनु भएको छ । सोमबार साझ आफ्नो सामाजिक संजाल मार्फत एमसिसि बारे उत्पन्न भ्रमको बिषयमा प्रष्ट पार्दै उहाँले एमसिसिको बिषयमा राष्ट्रिय सहमती भए लिने तर देशको हितमा छैन भने लिनै पर्ने बाध्यता नरहेको बताउनु भएको छ । हिजो न्यूयोर्कमा आयोजित विभिन्न दलका प्रतिनिधि, राजदुतावासका कर्मचारीको उपस्तिथीमा आयोजित कार्यक्रममा राखेको धारणलाई विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा दलिय पूर्वाग्रह राख्दै गरिएको प्रचारले जनतामा नराम्रो भ्रम सिर्जना गरेको उहाँले बताउनु भयो ।
सामाजिक संजाल र संचार माध्यममा सोमबार दिउसो देखि एमसिसिको बिषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का संग जोडेर विभिन्न नरकात्मक टिक्का टिप्पणी सुरु भए पछि मन्त्री खड्काले सामाजिक संजालमा आफ्नो प्रष्ट धारणा राख्नु भएको हो ।


आईतबार अमेरिाकाको न्यूयोकर्म आयोजित एक कार्यक्रममा मन्त्री डा. खड्काले भनेका थिए “एमसिसि नेपालले माग गरेको कार्यक्रम हो, एमसिसि मागमा सबै दलबाट प्रधानमन्त्रीहरु कुनै न कुनै रुपमा संलग्न हुनुहुन्थ्यो अहिले हामीले सोधेको प्रश्नको जवाफ पनि एमसिसिले दिएको छ । एमसिसिका बुदाहरु यतिवेला आएर संसोधन गर्न नमान्ला यस्मा राष्ट्रिय सहमती हुन्छ भने लियौ हाम्रो हितमा छैन भने लिनै पर्छ भन्ने छैन” । मन्त्री डा. खड्काले आफुले यति बोलको तर सामाजिक संजाल र समाचारहरुमा अनर्गल प्रचार गरिएको बताउनु भयो । उपाहार न्यूज संगको कुराकानीमा उहाँले सामाजिक संजाल र समाचारमा आए जस्तो हल्लाको पछाडि नलाग्न समेत सबै नागरिकहरुलाई आग्रह गर्नु भएको छ ।
संयुक्त राष्ट्र संघिय महासभामा सहभागी हुन अमेरिका रहनु भएका मन्त्री डा. खड्काले नेपालको हितमा गर्न सकिने विभिन्न क्षेत्रको विकास र समृद्धिको बिषयमा विभिन्न राष्ट्रबाट समकक्षीहरु संग छुट्टा छुट्टै भेटवार्ता भैरहेको समेत जानकारी गराउनु भयो ।

 

Last updated:2021 Sep 27 Monday 15:44:48

प्रतिक्रिया
सम्बन्धित समाचार