Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकामा चिस्यान केन्द्र स्थापना हुने

  • उपहार न्यूज
  • शुक्रबार, साउन २२ २०७८
वेलकामा चिस्यान केन्द्र स्थापना हुने

भास्कर चौधरी
बेल्टार श्रावण २२
स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं १ आम्बासिमा चिस्यान केन्द्र स्थापना गरिने भएको छ।
शुक्रवार औपचारिक कार्यक्रमका बिच प्रदेश नं १ भुमी ब्याबस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय कला घले लगायत बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा, उप प्रमुख राज कुमारी चौधरी, सप्तकोशी नगरपालिका नगर प्रमुख उतम गौतम, चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले संयुक्त रुपमा चिस्यान केन्द्रको शिलन्यास गरेका छन।


शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश नं १ भुमी ब्याबस्था, कृषि तथा सहकारी राज्य मन्त्री माननीय कला घले ले स्थानीय स्तरका किसान सम्म अनुदान नपुगेको बताइन । आगामी दिनमा वास्तविक किसान पहिचान गरि अनुदान र सहयोग गर्न स्थानिय सरकारलाई अधिकार दिनु पर्ने बताइन। अनुदानको रकम नाम मात्रको किसानले पाउने गरेकोले यसको आवस्यक मुल्यांकन गरि वास्तविक किसान सम्म पुर्याउन सबै पक्ष लाग्नु पर्ने राज्यमन्त्री घले ले बताइन।
असोज ७ गते निर्माण सम्पन्न गर्ने उदेश्यले चिस्यान केन्द्रको सिलन्यास गरिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। नगरको गौरबको योजना भएकाले समयमै काम सम्पन्न गर्ने गरि कामलाई निरन्तरता दिने र बेलका नगर लगायत छिमेकी पालिकाका किषानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल नष्ट नहुने थापाले बताए।


तीन वटै पालिकालाई सहज हुने स्थान छनोट गरि निर्माण हुन लागेको चिस्यान केन्द्रले किसानले उत्पादन गरेको तरकारी तथा फलफुल लामो समय सम्म राखी उत्पादन गर्न तथा उपभोग गर्न आम सर्वसाधारण लाई सहज हुने भएकाले आगामी दिनमा केन्द्र सन्चालन गर्न आवस्यक पर्ने स्रोत साधन सहयोग गर्न चौदन्डिगडी नगरपालिका सधै सकारात्मक रहेको चौदन्डिगडी नगरपालिका नगर प्रमुख खगेन्द्र राईले बताए।
कृषिमा युवा पुस्तालाई आकर्षण गर्न नसक्नु पनि उत्पादनमा कमि आउने गरेकोले स्थानीय सरकारले युवा पुस्तालाई कृषिमा आकर्षण गर्ने खालका बजेट तथा कार्यक्रम ल्याउनु पर्ने मेयर राईले बताए।
बेलका नगरपालिकामा चिस्यान केन्द्र निर्माणका लागि १ बिगाहा जग्गा स्थानिय समाजसेवी विश्व प्रकाश पंडितले दान गरेका हुन। चिस्यान केन्द्र स्थापनाको लागि ट्रस भवन निर्माण बि.जि. कन्ट्रक्सनले जिम्मा पाएको छ भने कोल्ड स्टोरको सामाग्री सप्लाई गरि जडान गर्न काठमाडौ कोल्ड स्टोर एन्ड रेफ्रीजेरेसन उधोगले जिम्मा पाएको छ।
प्रदेश सरकार बाट २ करोड र बेलका नगरपालिकाको १ करोड गरि ३ करोडमा करिब ५ सय टन क्षेमताको चिस्यान केन्द्र स्थापना गर्न लागिएको हो। ६ वटा च्याम्बर निर्माण हुने चिस्यान केन्द्रमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल राख्न साथै २ वटा च्याम्बरमा मासु तथा दूध स्टोर गर्न निर्माण गरिने आयोजकले जनाएको छ ।

 

 

Last updated:2021 Aug 06 Friday 15:38:20

प्रतिक्रिया
सम्बन्धित समाचार