Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अब एक घर एक टिभिएस, अटो मेकानिकहरुलाई तालिम

  • उपहार न्यूज
  • शनिबार, असार १४ २०७६
अब एक घर एक टिभिएस, अटो मेकानिकहरुलाई तालिम



उपहार न्यूज
गाईघाट असार १४

जगदम्बा मोटर्सले नेपाली बजारमा विक्रि गर्दै आएको टिभिएस कम्पनीद्धारा उत्पादित दुई पाङग्रे तथा तीन पांग्रे सवारी साधनको बढ्दो बजारीकरणलाई थप व्यवस्थित गरिदै लगिने भएको छ । क्रममा विमा र तालिम विषयमा गाईघाटमा शनिवार स्थानिय अटो वर्कशप संचालक तथा अटो मेकानिकहरुलाई एक दिने कार्यशालको आयोजना भएको छ । जगदम्बा मोटर्स र टिभिएस गाईघाटको लागि आधिकारिक विक्रेता गजराज अटोल्याण्ड र एबि अटो लिंकको आयोजनामा तालिम सम्पन्न भएको हो ।
गाईघाटमा गजराज अटोल्याण्डले दुई बर्ष अघि देखि टिभिएसको दुई पांग्रे सवारी साधन र एवि अटो लिंकले तीन पांग्रे सवारी विक्रि गर्दै आएको छ । शनिवार गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमका विच जिल्लाभरका अटो मेकानिकहरुलाई मेकानिकल तथा ईलेक्ट्रिकल संबन्धि कम्पनीका बरिष्ठ अटो मेकानिकहरुले जानकारी दिएका थिए । यता नेपाल अटो मेकानिकल ट्रेड युनियन केन्द्रिय समिति संग अटो मेकानिकहरुको विमाको लागि गरिएको सम्झौताको बिषयमा समेत जानकारी गराईएको थियो । अब हरेक घर घरमा टिभिएस ब्राण्डका मोटरसाईक तथा स्कुटर संगै साना व्यवसायीको लागि तीन पांग्रे समेत सुलभ तरिकाले उपलब्ध गराउने गजराज अटोल्याण्ड तथा एवि अटो लिंक गाईघाटका संचालक दिपनारायण चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा अटो मेकानिक युनियनका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थयो । नेपाल सहित विश्वका ५० बढि देशहरुमा आफ्नो ब्राण्डलाई विस्तार गरिसकेको टिभिएस पछिल्लो समय नेपालको अटोमोवाईल्सको बजारमा आफ्नो छुट्टै अस्तित्व बनाउन सफल भएको छ ।

Last updated:2019 Jun 29 Saturday 14:02:06

प्रतिक्रिया
सम्बन्धित समाचार