Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

गलत प्रचार गरेको भन्दै प्रजिअले दिए गजेन्द्र भगतलाई कार्वाहिको चेतावनी

  • उपहार न्यूज
  • बिहिबार, असार ३१ २०७८
गलत प्रचार गरेको भन्दै प्रजिअले दिए गजेन्द्र भगतलाई कार्वाहिको चेतावनी

उपाहार न्यूज
उदयपुर असार ३१
उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले त्रियुगा उद्योग वाणिज्य संघको उत्पन्न विकसित घटनाक्रमलाई लिएर आफ्नो गलत प्रचार गरिएको बताएका छन् । गाईघाट बाट बिहिबार प्रकाशित एक पत्रिकामा “त्रियुगा उवासंघ अध्यक्ष परविर्तन भएको छैन ः प्रजिअ सेढाई” शिर्षकको समाचारमा आफुले बोल्दै नबोलेको बिषयलाई समाचारको शिर्षक बनाईएको प्रति आपत्ती जनाएका छन् ।
त्रियुगा उद्योग वाणिज्य संघको बहुमत पदाधिकारी बैठकबाट असार २८ गते तीन बर्ष सम्म साधरण सदस्य समेत नरहने गरी कार्वाहिमा परेका गजेन्द्र कुमार भगतले प्रजिअको नाम जोडेर गलत प्रचार गरेको भन्दै प्रजिअ सेढाईले कार्वाहि गर्ने चेतनावनी दिएको बताउनु भयो ।
कार्वाहिमा परेका भगत उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत हुन भगत नै प्रकाशक रहेको पत्रिकाले प्रजिअ सेढाईको नाम उल्लेख गर्दै “त्रियुगा उवासंघ अध्यक्ष परविर्तन भएको छैन ः प्रजिअ सेढाई” शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उपाहार संगको कुराकानीमा प्रजिअ सेढाईले उद्योग वाणिज्य संघको अध्यक्षको बिषयमा संस्थाको विधान, कार्य समिति र साधरण सभाले गर्ने होला अध्यक्ष बैधानिक अवैधानिक भन्ने बिषयमा आफुले बोल्नु पर्ने र बोल्ने कुनै अधिकार नभएकाले समाचारमा आएको शिर्षक गलत भएको बताउनु भयो ।
विवादित बिषयमा आफुलाई तानेर आफुले बोल्दै नबोलेको बिषयमा बजारमा गलत हल्ला र भ्रम छर्ने काम भएछ आफुले बोल्दै नबोलेको बिषय समाचार बनाएको प्रति उक्त बिषय नसच्याईए विवादि बिषयमा प्रजिअलाई तानेको अभद्र व्यवाहार गरे अनुसार कार्वाहि गर्ने भनेर चेतावनी दिईएको प्रजिअ सेढाईले बताउनु भयो ।
असार २८ मा त्रियुगा उद्योग वाणिज्य संघको बहुमत पदाधिकारी बैठकबाट भगतलाई कार्वाहि गरेको पत्र जिल्ला प्रशासनमा प्राप्त भएको र भोली पल्टनै भगतले उद्योग वाणिज्य संघको निर्वाचनको बिषयमा प्रशासनलाई निवेदन दिएका थिए ।
कार्य समितिबाट निवलम्वनमा परि सकेको अध्यक्षले अधिवेशनको बिषयलाई लिएर प्रशासनमा निवेदन दिए पछि निलम्वन भै सकेको व्यक्तिले के आधारमा यसरी निवेदन दिए सो बिषयमा उद्योग वाणिज्य संघ संग जानकारी माग गर्न पत्रचार गरिएको प्रजिअ सेढाईले बताउनु भयो ।
अध्यक्ष भगत प्रकाशक भएर संचालित पत्रिकाले प्रमुख जिल्ला अधिकारीले बोल्दै नबोलेको बिषयमा समाचार बनाईनु संचार माध्यमको दुरुपयोग गरिएको जानकारहर बताउछन् ।
असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सहित ९ जनाको कार्य समिति बैठकले अध्यक्ष गजेन्द्रकुमार भगतलाई आर्थिक बर्ष २०७४/०७५ मा संस्थामा देखिएको बेरुजु फछौट नगरेको भन्दै विधान अनुसार कार्वाीह गरेको थियो ।
अध्यक्ष भगतले संस्थाको रकम अपचलन गर्दै तीन लाख २० हजार दुई सय पाँच रुपैया नगद हाल सम्म पनि संस्थामा दाखिला नगरे पछि पटक पटक दाखिला गर्न आग्रह गर्दा पनि वेवास्ता गरेकाले विधान अनुसार कार्वाहि गरिएको थियो । उपाध्यक्ष सहित ९ जनाको समुहले भगतलाई कार्वाहि गरेको सार्वजनिक गरेकै दिन अध्यक्ष गजेन्द्र भगतले पत्रकार सम्मेलन गर्दै उल्टै उपाध्यक्ष रमेश विश्वकर्माले संस्थामा जम्मा गर्नु पर्ने गर्नु पर्ने आरोप लगाएका थिए ।
यता सदस्यता नविकरण वापतको रकम एक महिना अघिनै कार्यालयमा बुझाईएको र आर्थिक बर्ष भित्रनै सदस्यता नविकरण बापतको रकम बैकमा दाखिला भै सकेको उद्योग वाणिज्य संघको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

Last updated:2021 Jul 15 Thursday 15:59:47

प्रतिक्रिया
सम्बन्धित समाचार