उपाहार न्यूज
उदयपुर असार २९
त्रियुगा उद्योग वाणिज्य संघले अध्यक्ष गजेन्द्रकुमार भगतलाई तीन बर्ष सम्म साधरण सदस्य समेत नरहने गरी कार्वाहि गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा सोमबार बसेको बहुमत कार्य समितिको बैठकले अध्यक्ष भगतलाई साधरण सदस्य समेत नरहने गरी कार्वाहि गर्ने निर्णय गरेको हो ।

अध्यक्ष भगतले संस्थाको तीन लाख २० हजार दुई सय पाँच रुपैया रकम तीन आर्थिक बर्ष सम्म पनि दाखिला नगरेको बेरेजु देखिए पछि संस्थाले पटक पटक दाखिला गर्न आग्रह गर्दा पनि दाखिला नगरे पछि विधान बमोजिम कार्वाहि गरिएको हो ।
मंगलबार त्रियुगा उद्योग वाणिज्य संघमा कार्यवहाक अध्यक्ष रमेश विश्वकर्मा सहित बहुमत सदस्यको उपस्तिथीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भगतलाई कार्वाहि गरिएको तथा प्रथम उपाध्यक्ष रमेश विश्वकर्मालाई कार्यवहाक अध्यक्ष कार्यमितिद्धारा निर्णय गरिएको सार्वजनिक गरिएको हो ।
आर्थिक बर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ का को लेखा परिक्षण प्रतिवेदनमा अध्यक्ष भगतको नाममा बेरेजु देखिएको छ । त्रियुगा उद्योग वाणिज्य संघको विधान परिच्छेद ४ को धारा ४.४ को खण्ड (ङ) ४ मा उल्लेखि गरिए अनुसार कार्यकारिणी समितिको कुनै पनि पदाधिकारीले संघको धनसम्पती वा नगद रकम हिनामिना गरेको वा पेश्की लिई एक आर्थिक बर्षमा फछौट नगरी अडिट प्रतिवेदन उल्लेख भई अधिकार प्राप्त व्यक्तिले प्रतिवेदनमा प्रमाणित गरी निजले सोहि आर्थिक बर्ष भित्र संघलाई तिर्नु पर्ने रकम वा जिम्मा रहेको अन्य सम्पती नतिरे नबुझाएमा त्यस्ता पदाधिकारीलाई कार्यकारिणी समितिको निर्णयले बाँकी अवधीको लागि निलम्बन गरी रकम अुसल उपरको कार्वाहि गरेमा स्वत सदस्यता समाप्ती हुने व्यवस्था रहेको छ ।



सोमबार सम्पन्न कार्य समिति बैठकमा प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा, द्धितृय उपाध्यक्ष हस्तमाया राई सदस्यहरु विनोद पाण्डे, केदार थापा, नविन बस्नेत, सरोज बस्नेत, टिकाकुमार श्रेष्ठ, रुपम अनुराग गुप्ता, बिष्णु ओली राईले निर्णयमा हस्ताक्षर गरेका छन् ।


यता रिक्त रहेको अध्यक्ष पदमा विधानको परिच्छेद ५ को धारा ५.२ को खण्ड (२) बमोजिम कार्यवहाक अध्यक्षको जिम्मेबारीमा संस्थाको प्रथम उपाध्यक्ष रमेश विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।