Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

सरकारी गाडीभित्र यौन क्रियाकलाप गर्ने तीन जना घ्याम्पे डाँडाबाट पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, असार २४ २०७८
सरकारी गाडीभित्र यौन क्रियाकलाप गर्ने तीन जना घ्याम्पे डाँडाबाट पक्राउ

काठमाडौं । भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३-०१-००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेका थिए ।

भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार