उपाहार न्यूज
बेल्टार असार ६
उदयपुरको चौदण्डिगढि नगरपालिकाले स्थानिय कृषकहरुलाई नश्ल सुधारको लागि ‘५०५ बोयर जातको बोका बितरण गरेको छ । बाख्रापालन क्षेत्रलाई व्यवसायिक बनाउने उद्देश्यले नगरपालिकाबाट बिनियोजित ४ लाख बजेटबाट खरिद गरी बोका बाँडीएको हो ।
आइतबार नगरका १० वटै वडाबाट छनोट हुने एक कृषक समूहलाई ‘५०५ बोयर’ जातको बोका उपलब्ध गराइएको नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए । छनोट समूहअन्तर्गत वडा नम्बर १ का लागि रानिटार नमुना समूहका हिरादेवी राइ, वडा नम्बर २ का लागि कौवैदेवी तरकारी कृषक समूहका मिना खड्काले पाइन् ।
त्यस्तै वडा नम्बर ३ को सिर्जनशील एकता कृषक समूहका ताराजंग राई, ४ नम्बर वडाको सप्तरङ्गी टोलका गोकुल कटवाल, वडा नम्बर ५ मा युवा सामुदायिक समूहका रविन खत्रीलाई बोका बितरण गरिएको थियो ।
त्यसैगरी वडा नम्बर ६ का लागि भने गोधुली कृषक समूहका वीरेन्द्रकुमार कार्की, वडा नम्बर ७ मा रक्तमाला टोलका नरबहादुर कार्की, वडा नम्बर ८ का लागि हिलेखोला कृषक समूहका तुलबहादुर खत्री, ९ नम्बर वडास्थित हडियाबजार टोल विकास समितीका महेश राउत र वडा नम्बर १० को श्री उन्नतशील कृषी सहकारी समूहका हरिकुमार खड्काले नपाले बितरण गरेको निशुल्क बोका पाएका हुन् ।