काठमाडौं । संयुक्त राज्य अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट फेसबुकले दुई वर्षका लागि बन्द गरेको छ । आफ्नो फेसबुकमार्फत बिभिन्न सामाजिक तनाव बढाउने पोस्टहरु गरेको भन्दै फेसबुक र इन्स्टाग्रामले कारवाही स्वरुप दुई वर्षसम्मका लागि सस्पेन्ड राख्ने भएको हो ।
यसअघि गएको जनवरीमा पनि ट्रम्पको अकाउन्टमा अनिश्चितकालका लागि प्रतिबन्ध गरिएको थियो । तर, फेसबुकले स्वतन्त्र रुपमा छानबिनको क्रममा जनवरी ६ तारिखका दिन ट्रम्पले फेसबुकमा सार्वजनिक गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा झडपलाई प्रोत्साहन गरेको उल्लेख छ ।
वासीन्टन डीसीको घटनापछि फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेको थियो । त्यस्तै फेसबुकले अब नेताहरुको अकाउन्टबाट जारी हुने पोस्टलाई कुनै पनि सुरक्षा दिन नसकिने बताएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार फेसबुकको पछिल्लो निर्णय अनुसार अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो अकाउन्ट सन् २०२३ को जनवरी महिनादेखि मात्र चलाउन पाउनेछन् ।