Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विश्वकम छनौटमा नेपालले चाइनिज ताइपेइलाई २ गोलले हरायो

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २१ २०७८
विश्वकम छनौटमा नेपालले चाइनिज ताइपेइलाई २ गोलले हरायो

उपाहार न्यूज
विश्वकप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ।
कुवेतमा भइरहेको खेलमा नेपालले २(० गोलले जित हासिल गरेको हो। नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले पहिलो गोल गरेका थिए। त्यस्तै, दोस्रो हाफमा नेपालले अर्को गोल थपेको हो। नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल गर्दै २(० को अग्रता दिलाएका हुन्।

यो जितसँगै नेपालले तीन अंक जोडेको छ। समूह ‘बी’मा रहेको नेपालले विश्वकप छनोट अन्तर्गत ६ खेलमध्ये दुई खेल जित्दै ६ अंक बनाएको छ। नेपालले अर्को खेल ७ जुनमा जोर्डनसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल ११ जुनमा अष्ट्रेलियासँग खेल्नेछ।


 

 

Last updated:2021 Jun 04 Friday 04:19:12

प्रतिक्रिया
सम्बन्धित समाचार