उदयपुर असार ७
छैटौ शंस्करणको उदयपुर गोल्डकपको उपाधि एपिएफ क्लबको पोल्टामा परेको छ, शनिवार सम्पन्न फाईन खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहिलाई एक शुन्य गोलअन्तरले पारजित गर्दै एपिएफ विजयी भएको हो । प्रतियोगीतामा एपिएफको लागि एक मात्र गोल जर्सी नम्बर १४ का श्याम नेपालीले खेलको ७३ औ मिनेटमा गरेका थिए । प्रतियोगीतामा गोर्खा ब्वाईज क्लबको लागि गोल गर्ने थुप्रै अबसर मिले पनि गोल गर्न असफल भएको थियो । गोर्खा ब्वाईज रुपन्देहिले आशा गरेका विदेशी खेलाडि फोफोना र डेनिललाई एपिएफका डिफेन्सले रोक्दा एपिएफले गोल गर्ने सुन्दर अबसरहरु गुमाउनु परेको थियो ।
प्रतियोगीतामा विजयी भए संगै एपिएफले नगद पाँच लाख र उप विजेता गोर्खा ब्वाईज क्लब रुपन्देहिले तीन लाख रुपैया पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगीतामा सर्बोत्कृष्ट खेलाडिको उपाधि एपिएफका जर्सी नम्बर २८ का राजेन्द्र रावल घोषित भए, प्रतियोगीतामा बेष्ट डिफेन्स गोर्खा ब्वाईजका जर्सी नम्ब १५ का पेपे, बेष्ट मिड फिल्डर गोर्खा ब्वाईजका जर्सी नम्बर ११ का नितेन थापा, बेष्ट फवार्ड जर्सी नम्बर ११ का एपिएफका नविन लामा, सर्बोकृष्ट प्रशिक्षक एपिएफका सुदिप श्रेष्ठ, उदयमान खेलाडि उदयपुर ११ का सुदिप श्रेष्ठ भए उनीहरुले जनहि १५ हजार सहित पुरस्कृत भए । त्यसैगरी खेल अवधिभर सर्बाधिक गोलकर्ता गोर्खा ब्वाईजका जर्सी नम्बर ७ का फोफोना भए उनले खेल अवधि भर ३ गोल गरेका थिए उनलाई नगद २० हजार सहित पुरस्कृत गरिएको थियो ।