उदयपुर । नेकपा एमाले त्रियुगा नगर कमिटीले मदन भण्डारी आँखा अस्पतालमा अबस्थित कोभिड–१९ आईसोलेसन सेन्टरलाई ३० थान खाली अक्सिजन सिलिण्डर रीफिल गरी अस्पताललाई हस्तान्तर गरेको छ । पार्टीको स्थानीय नेता, कार्यकर्ताहरुबाट संकलित आर्थिक रकमबाट अक्सिजन खरिद गरी हस्तान्तरण गरिएको हो ।
मदन भण्डारी आँखा अस्पतालमा अक्सिजन सहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग संकलन अभियान चलाएर संकलन गरेको रकमबाट ३० खाली सिलिण्डरमा अक्सिजन रीफिल गरेको र बाकि दिनहरुमा पनि सहयोग गर्ने नेकपा एमाले जिल्ला सदस्य सिर्जना दनुवारले जानकारी दिइन् ।
आँखा अस्पतालले बढ्दो कोरोना सङ्क्रमणलाई लक्षित गरी आफ्नै भवनमा अक्सिजनसहित ४० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । सिलिण्डर उपलब्ध भएसँगै उपचारमा थप सहजता हुने आँखा अस्पतालको आईसोलेसन ब्यबस्थापक शिबनायारण यादबको भनाई छ ।
कोरोनाको कहर खेपीरहेका त्रियुगा नगरबासीको स्वास्थ्य सुरक्षाका लागि एमाले त्रिनपा कमिटिले उदयपुरले छिटै नै वडाहरुमा रहेको कोरोना संक्रमितको लागी सहयोगको प्याकेज ल्याउने पार्टीको नगर अध्यक्ष दनवारले बताइन् ।