उदयपुर असार ७
प्रदेश नम्बर १ लाई खेलकुदको राजधानी बनाउन प्रदेश सरकार लागि परेको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बताउनु भएको छ । उहाँले त्यसको लागि प्रत्येक जिल्लामा आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले विशेष प्राथमिक्तामा राखेको बताउनु भयो ।
उदयपुर गोल्डकपको फाईनल खेलको समापन सामारोहमा प्रमुख अतिथिको रुपमा उदयपुर आईपुग्नु भएका मुख्यमन्त्री राईले शनिवार थरुहट रंगशाला गाईघाटमा संबोधनको क्रममा यस्तो वताउनु भएको हो । उहाँले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालको नारालाई साकार पार्नको लागि सबै क्षेत्रबाट सहयोग हुनु पर्ने बताउदै मर्यादित जनशिक्त निर्माण गर्दै राष्ट्र निर्माणमा लगानी गर्नका लागि युवाहरुलाई खेलकुदमा आकर्षित गर्नु पर्ने बताउनु भयो । उहाँले उदयपुर रंगाशालालाई अन्तराष्ट्रिय स्तरको रंगाशालाको रुपमा विकास गरिनेमा समेत ढुक्का हुन आग्रह गर्नु भयो ।
एन्फा प्रवक्ता किरण राईले उदयपुरगोल्डकप उदयपुरको पहिचान संग जोडिएकाले यसलाई सबैको साथ र सहयोग रहेको बताउनु भयो कार्यक्रममा पूर्व शहरी विकास मन्त्री मन्जु चौधरी, प्रदेश सभा सदस्य विमल कार्की, त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राईले भनाईहरु राख्नु भएको थियो ।