Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिको बेल्हामा कवर्ड हल बन्ने

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २० २०७८
चौदण्डिको बेल्हामा कवर्ड हल बन्ने

भास्कर चौधरी
चौदण्डिगढि जेठ २०
चौदण्डीगढी नगरपालिकाको वडा नं. ५ स्थित बेल्हामा कवर्ड हल निर्माण हुने भएको छ। नगरपालिकाले भौतिक पुर्वाधार बिकास अन्तर्गतको १० लाख बजेट बिनियोजन गरे पछी कवर्ड हल निर्माण हुन लागेको हो।
सिङ्गल कोर्टको डिजाइन अनुसार निर्माण हुन लागेको उक्त कवर्ड हल निर्माणको जिम्मा ९ लाख ७९ हजारमा बैठार निर्माण तथा ढुवानी सेवा प्रा.ली. ले पाएको छ। निर्माणाधीन उक्त कवर्ड हल १९.७५ मिटर लम्बाई र १०.९८ मिटर चौडाइ को हुने निर्माण कम्पनीका संचालक बिरेन्द्र बिष्टले जानकारी दिनुभएको छ।
नगरपालिकाको बजेट मार्फत कवर्ड हल निर्माण हुने भए पछी आज नगर प्रमुख खगेन्द्र राई र वडा नं. ५ का अध्यक्ष देवनारायण चौधरीले संयुक्तरुपमा शिलान्यास गर्नु भएको छ।

Last updated:2021 Jun 03 Thursday 06:13:35

प्रतिक्रिया
सम्बन्धित समाचार