Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आयोजकलाई हराउदै गोर्खा ब्वाईज फाईनलमा

  • उपहार न्यूज
  • बिहिबार, असार ५ २०७६
आयोजकलाई हराउदै गोर्खा ब्वाईज फाईनलमा

उपहार न्यूज
गाईघाट असार ६
आयोजक उदयपुर ११ लाई चार एक गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज क्लब रुपन्देहि उदयपुर गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । प्रतियोगीताको बिहिबार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा आयोजक उदयपुर ११ लाई पराजित गर्दै गोर्खा ब्वाईज क्लब फाईनल प्रवेश गरेको हो । फाईलनमा रुपन्देहिले अब एपिएफको सामना गर्ने छ । बिहिबार सम्पन्न प्रतियोगीतामा गोर्खा ब्वाईजको लागि जर्सी नम्बर १२ का सुसिल कुमार यादवले पहिलो गोल गरेका थिए । प्रतियोगीतामा रुपन्देहिको लागि जर्सी नम्बर ७ का फोफोनाले दुई गोल गर्न सफल भएका थिए, यता जर्सी नम्बर ९ का डेनिलले एक गोल गर्दै रुपन्देहिका लागि चार गोलको योग जोड्न सफल भएका थिए । यता उदयपुर ११ लागि एक मात्र सानत्वना गोल सुनिल खड्काले गरेका थिए, बिहिबार सम्पन्न प्रतियोगीताको म्यान अफ दि म्याच रुपन्देहिका जर्सी नम्बर १५ का पेपे भएका छन् । उनलाई सिभिल बैंक गाईघाटको प्रायोजनमा अखिल नेपाल फुटवल सघ एन्फाका प्रबक्ता किरण राईले र वैंकका शाखा प्रमुख संजय सिग्देलले सात हजार सहित पुरस्कृत गरेका थिए । यता शुक्रबार आयोजक र नेपाल पत्रकार महासंघ उदयपुर विचमा मैत्रीपूर्ण खेल हुने छ । प्रतियोगीताको फाईनल खेल भोली शनिवार थरुहट रंगशाला गाईघाटमा हुने छ, प्रतियोगीताको विजयीले नगद पाँच लाख र दोस्रो हुनेले तीन लाख सहित पुरस्कार प्राप्त गर्ने छन् ।

Last updated:2019 Jun 20 Thursday 14:22:42

प्रतिक्रिया
सम्बन्धित समाचार