Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विद्यालय नजिकै २१५ बच्चाको लाश गाडेको भेटिएपछि जुत्ता राखेर श्रद्धाञ्जली !

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ १६ २०७८
विद्यालय नजिकै २१५ बच्चाको लाश गाडेको भेटिएपछि जुत्ता राखेर श्रद्धाञ्जली !

काठमाडौं। क्यानडाको सबैभन्दा ठूलो आवासीय स्कुलको मैदानमा २ सय १५ बालबालिकाको जमिनमा डाडिएका अवशेष फेला परेका छन् । यीमध्ये केही बालबालिकाको उमेर मात्रै ३ वर्ष थियो । यी बालबालिकाहरु १९७८ मा बन्द भइसकेको कमलुप्स इण्डियन रेसिडेन्सियल स्कुलका विद्यार्थी थिए । ४३ वर्षपछि भएको यो खुलासापछि भ्यान्कुभर आर्ट ग्यालरीका सिढीहरुमा यी २१५ बालबालिकाको स्मृतिमा २१५ जोडी जुत्ता चप्पल राखेर उनीहरुलाई श्रद्धाञ्जली दिइयो ।

१८६३ देखि १९९८ सम्म क्यानडामा चर्चद्वारा संचालित आवासीय स्कुल व्यवस्थामा बालबालिकालाई उनीहरुको परिवारबाट बलग गरिन्थ्यो । करिब १ लाख ५० हजार बालबालिकाहरुलाई बलात्कार, शारीरिक शोषण, उत्पीडनसँग सम्बन्धित घटनाहरु पनि सार्वजनिक भएका थिए । ४ हजार १ सय बालबालिकाको मृत्यु पनि यिनै कारणले भएको थियो । यो खुलासापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् ‘बालबालिकाको अवशेष भेटिएको यो खबर मन तोड्ने खबर हो । यो हाम्रो देशको इतिहासको सबैभन्दा कालो र लज्जाजनक अध्याय हो ।’

Last updated:2021 May 30 Sunday 11:08:11

प्रतिक्रिया
सम्बन्धित समाचार