Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एनसेलको ‘कलआयो पैसा पायो’ योजनाअन्तर्गत विजेता घोषणा

  • उपहार न्यूज
  • बिहिबार, असार ५ २०७६
एनसेलको ‘कलआयो पैसा पायो’ योजनाअन्तर्गत विजेता घोषणा

काठमाडौंं, असार ५
एनसेल प्राईभेट लिमिटेडले ‘कलआयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्ट फोन हस्तान्तरण गरेकोछ ।
वैशाख १६ देखि संचालनमा रहेको यो योजना श्रावण १३, २०७६ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको यस योजना अन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप १० मिनेट सम्म पाउछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्दछन् ।
बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्ट फोन पनि जित्न सक्छन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्ट फोन पाउछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।
यो योजना सुरु भएको चार हप्तामा सम्ममा ४० जना ग्राहकहरु स्मार्ट फोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरि सकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भई सकेको छ ।

Last updated:2019 Jun 20 Thursday 14:04:16

प्रतिक्रिया
सम्बन्धित समाचार