उपाहार न्यूज
उदयपुर जेठ १४
उदयपुरको त्रियुगा नगर क्षेत्रमा कोभिड–१९ को महामारीले मानविय क्षति पुर्याउन थालेपछि नेकपा एमाले त्रियुगा नगर कमिटीले प्रभावित क्षेत्रका जनताको स्वास्थ्य उपचारमा नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ ।
नगर कमिटीका अध्यक्ष सृजना दनुवारको अध्यक्षतामा बसेको भर्चुयल बैठकले कोरोना प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य उपचार र राहतका लागि सहयोग र सहजिकरण गर्न पहिलोचरणमा ६६ जना नेता कार्यकर्तालाई जिम्वेवारी दिएको हो ।
कोभिड–१९ को संक्रमण र मृत्यु दर जिल्लाभरीमा नै सबैभन्दा बढि त्रियुगा नगर क्षेत्रमा देखिएपछि सचेतना, औषधिउपचार, परीक्षण, राहत जस्ता कार्यमा सघाउ पुर्याउन नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय भएको अध्यक्ष दनुवारले जानकारी दिईन् । नगर कमिटीको निर्णयलाई अनेरास्ववियु जिल्ला कमिटी, राष्ट्रिय युवा संघ नेपाल जिल्ला, त्रियुगा नगर कमिटी र अखिल नेपाल स्काउट नगर कमिटीले साथ दिएका छन् ।
मुल सहजिकरण समिति तथा नगर संयोजन टिमको नेतृत्व अध्यक्ष दनुवारले गर्ने बैठकले निर्णय गरेको छ । उक्त समितिमा युवा, बिद्यार्थी र स्काउटका गरी १८ जनाको रहने जनाइएको छ । त्यसैगरी प्रत्येक वडाका इन्र्चाजलाई वडा सम्र्पक व्यक्तिको जिम्वेवारी दिइएको छ ।
बैठकको निर्णय अपिलमार्फत सार्वजानिक गर्दै अध्यक्ष दनुवारले प्रभावितको स्वास्थ्य उपचार र राहतका लागि विभिन्न निकायसँग समन्वय तथा सहकार्य गर्न नगरपालिकाका १६ वटै वडामा इन्र्चाज, वडाअध्यक्ष र सचिब गरी तीन÷तीन जनाको सहजिकरण समिति गठन गरिएको बताएकी छिन् ।
समितिले कोरोना भाइरसको नयाँ भेरियन्टले निम्त्याएको महामारीको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड र सरकारद्धारा जारी गरिएका नियम तथा निर्देशनको पूर्णरुपले पालना गर्नका लागि स्वयंमसेवक तथा सञ्चारमाध्यममार्फत प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताईन् ।
त्यसैगरी संक्रमितको औषधि उपचार र परीक्षणलाई तिव्रता दिन प्रभावकारी भुमिका निर्वाह गर्ने, जीविकोपार्जनमा संकट व्यहोरिरहेका संक्रमित परिवारलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्ने निर्णय भएको नगर कमिटीका उपाध्यक्ष सागर नेपालले जानकारी दिए ।
संकटको घडीमा प्रत्येक नागरिकको सुरक्षा गर्नु राजनीतिक दलको महत्वपूर्ण भुमिका रहेको हुँदा विसम परिस्थितिको मुल्यांकन गर्दै आफ्ना नेता तथा कार्यकर्ता जनताको सेवककोरुपमा परिचालन गर्ने तयारी गरिएको अध्यक्ष दनुवारले बताईन् । उनले भनिन्, ‘स्वास्थ्य सुरक्षा जनताको नैसंर्गिक अधिकार भएकाले राज्यले अन्य विकास निर्माणका कामलाई थाति राखेर भएपनि जनताको स्वास्थ्य संम्मेदनशिलतालाई ध्यान दिनु पर्छ ।
अध्यक्ष दनुवारले स्वास्थ्य संकटकाल घोषणा गरेर भएपनि जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टि गर्न सरकारसँग अपिल गरेकी छिन् । कोरोना न्युनिकरणका लागि सरकारले प्रभावकारी भुमिका निर्वाह गर्दा गर्दै पनि अवस्था भयाभह बन्दै गएकाले घर भित्रै बसेर महामारीलाई आफ्नो घर र टोलमा भित्रिन नदिन उनले नगरबासीलाई आग्रह गरिन् ।