Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेपाल फोटो पत्रकार महासंघ सुनसरीद्धारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री

  • उपहार न्यूज
  • बुधबार, जेष्ठ १२ २०७८
नेपाल फोटो पत्रकार महासंघ सुनसरीद्धारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री

धरान: नेपाल फोटो पत्रकार महासंघ सुनसरीले एकद्वार प्रणालीबाट वितरण गर्न स्वास्थ्य सुरक्षाका सामग्री पत्रकार महासंघ सुनसरीलाई हस्तान्तरण गरेको छ । धरान १३ स्थित महासंंघको कार्यालयमा सिमित पदाधिकारीहरु उपस्थित भई विभिन्न तहबाट सहयोगस्वरुप संकलन भएको ३ हजार ५ सय थान मास्क र ३.५ लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो ।

विभिन्न संघ सँस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरी सो स्वास्थ्य सामग्री जुटाएको फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । सबै पत्रकारहरुको साझा संगठन भएको हिसाबले पनि र एकद्वार प्रणालीलाई अवलम्बन गर्दै उक्त स्वास्थ्य सामग्री पत्रकार महासंघलाई हस्तान्तरण गरेको अध्यक्ष चाम्लिङले बताए । गत वर्षको लकडाउनमा पनि फोटो पत्रकार महासंघ सुनसरीले पत्रिका वितरकहरुलाई खाद्यान्न राहत वितरण गरेको थियो ।

अन्य पत्रकारहरुलाई भन्दा फोटो पत्रकारहरुलाई उच्च जोखिम भएकोले पत्रकार महासंघ सुनसरीले त्यो कुरालाई ध्यानमा राख्दै सम्पूर्ण पत्रकारहरुको बारेमा पनि सोच्न फोटो पत्रकार महासंघ केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङले आग्रह गरेका छन् । जोखिमका बाबजुद फोटो पत्रकार महासंघ सुनसरीले सञ्चारकर्मीहरुलाई यतिको सहयोग जुटाउन सफल भएकोमा महासंघ सुनसरी अध्यक्ष जनकऋषि राइले टिमलाई धन्यवाद प्रकट गरेका थिए ।

अध्यक्ष राईले यो जोखिमपूर्ण परिस्थितिमा पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग जुटाउने समेत जानकारी दिए । हालसम्म सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने १५ जना पत्रकारहरुलाई कोभिड–१९ संक्रमण भएको छ । तीन जना स्वास्थ्य लाभ गरेर नियमित काममा फर्किसकेका छन् भने अन्य होम आइसोलेसन र अस्पतालमा रहेका छन् ।

Last updated:2021 May 26 Wednesday 01:38:16

प्रतिक्रिया
सम्बन्धित समाचार