Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा तरुण दलले ग¥यो अग्नी पिडितलाई सहयोग

  • उपहार न्युज
  • आइतबार, जेष्ठ ९ २०७८
उदयपुरमा तरुण दलले ग¥यो अग्नी पिडितलाई सहयोग

उपाहार न्यूज
उदयपुर जेठ ९
आगालागीबाट पूर्ण क्षती भोगको उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ८ बीरेन्द्र बजारका अग्नी पिडितलाई तरुण दलले सहयोग गरेको छ । चैत २६ गते आगालागीमा परी स्थानिय ५ घरका नागरिकले दुई करोड बढिको क्षती बेहोरेका थिए ।
आगालागीबाट पिडितका लागि तरुण दल चौदण्डीगढिले साता दिन यता सुरु गरेको सहयोग अभियानको क्रममा संकलन भएको एक लाख १ हजार पाँच सय ५० रुपैया पिडितलाई सहयोग गरेको तरुण दल उदयपुरका उपाध्यक्ष पर्वत दाहालले जानकारी दिए ।
शनिबार एक कार्यक्रमका विच चौदण्डीगढी नगरप्रमुख खग्रेन्द राईले तरुण दलले उपलव्ध गरएको सहयोग रकम पिडितलाई हस्तान्तर गरेका हुन । ठूलो क्षती भोगेका विरेन्द्र बजारका अग्नी पिडितलाईपनि थोरै भएपनि राहात उपलव्ध गराएको तरुण दल नेता दाहालले बताए ।
स्थानीय कला राईको घरको विद्युत शर्ट भइ आगलागी हु“दा स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी भएको थियो आगालागी पिडितका लागि स्थानिय युवा, लाईन्स क्लब अफ बेल्टार, चौदण्डिगढि नगरपालिका लगायतका विभिन्न संघ संस्थाहरुले समेत सहयोग उपलब्ध गराएका छन् ।

Last updated:2021 May 23 Sunday 04:03:02

प्रतिक्रिया
सम्बन्धित समाचार