काठमाडौं, ५ असार । लु१ज ७१६६ नम्बरको जिप बेपत्ता भएका यात्रुको कुनै अत्तो पत्ता नलागेपछि गाउँपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।