उपाहार न्यूज
उदयपुर जेठ ८
उदयपुरमा कोरोना संक्रमणबाट आज ५ जनाको मृत्यु भएको छ त्रियुगा नगरापलिकाका ३, कटारी नगरपालिकाका १ र उदयपुरगढि गाउँपालिकाको १ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष हुन उदयपुरमा हाल सम्म कोरोनकाका कारण १७ पुरुष र ६ महिला सहित मृतकको संख्या २३ पुगेको छ ।
यता कोरोना संक्रमणको दर बढ्दै जाँदा २८ महिला र ६० पुरुषमा गरी ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस संगै उदयपुरमा २४६ महिला र २९८ पुरुष सहित ५४४ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।