Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

क्षमता विस्तारलाई प्राथमिक्ता राख्दै उदयपुर सिमेण्टले १४ बर्ष देखिको बार्षिक साधरण सभा गर्ने

  • उपहार न्युज
  • शनिबार, जेष्ठ ८ २०७८
क्षमता विस्तारलाई प्राथमिक्ता राख्दै उदयपुर सिमेण्टले १४ बर्ष देखिको बार्षिक साधरण सभा गर्ने

विश्वराज तामाङ
उदयपुर जेठ ८
सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगले २०६३/०६४ साल देखिको हुन बाकी बार्षिक साधरण सभा गर्ने भएको छ । विगतमा विभिन्न कारणले गर्दा हुन नसकेको बार्षिध साधरण सभा आगामी जेठ ३० गते गर्न लागिएको उद्योगका महाप्रबन्ध गोपी न्यौपानेले जानकारी दिनु भयो ।
चैत २७ गते उद्योग सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गतेलाई बार्षिक साधरण सभा बस्ने निर्णयमा पुगेको महाप्रबन्ध न्यौपानेले बताउनु भयो । उद्योग मन्त्रालय, खानी विभाग, महालेखा नियन्त्रकको कार्यालय, वाणिज्य विभाग लगायतका प्रतिनिधिहरुको सहभागीतामा भर्चुअल माध्यमबाट उद्योगको साधरण सभा हुन लागेको हो ,। साधारणसभामा कम्पनीको २० औं देखि ३३ औं वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरि पारित गर्ने तथा आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने कार्ययोजना छ ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल रहेको ४ अर्ब पुँजीलाई बढाएर १० अर्ब पुर्याउने, हालसम्म सरकारसँग लिएको ऋणको साबाँ ब्याजवापतको ३ अर्ब ३८ करोड रुपैयाँ बराबर रकमलाई शेयर जारी गरी त्यसमा रुपान्तरण गर्ने एवं आवश्यकता अनुसार विधान संशोधन गर्ने एजेन्डा तय गरिएको छ । यसरी जारी गर्ने शेयर सरकारकै नाममा रहनेछ ।दुई बर्ष देखि रिक्त रहेको महाप्रबन्धक पदमा गोपी न्यौपानेको नियुक्तिपछि उद्योगले संख्यात्मक र गुणात्मक दुवै हिसाबले आफुलाई सुधार गर्दै गएको छ ।
चार महिना अघि मात्र उद्योगमा महाप्रबन्धको जिम्मेबारी सम्हालेका न्यौपानेले आफ्नो १०० दिनको प्रगति सार्वजनिक गर्दै उद्योगको ६५ करोड दायित्व मध्य ५२ करोड भुक्तानी गरेको सार्वजनिक गरेका थिए । उद्योगमा महाप्रबन्धको जिम्मेबारी पाए संगै कर्मचारी, ट्रेड युनियन र श्रमिकहरुबाट आफुले सकरात्मक सहयोग पाएकाले उद्योगले प्रगति हासिल गरिरहेको महाप्रबन्धक न्यौपेनले उपाहार संग बताए ।
उद्योगको विगतको भन्दा हाल उत्पादन क्षमता र बिक्रिदर बढ्दै गएको छ उत्पादन भएर पनि विक्रि नहुने समस्या झेल्दै आएको उद्योगले कोइलाको भुक्तानीमा सिमेण्ट दिने प्रथा हटाए पछि बिक्रेताहरु उत्साहित भएको न्यौपाने बताउनु हुन्छ ।
बर्दिबास देखि काकाडिभिट्टा सम्म ११४ आधिकारिक विक्रेता मार्फत हाल उदयपुर सिमेण्ट विक्रि हुदाँ विक्रेताहरुलाई विभिन्न वोनस स्कीम मार्फत विक्रि बढाउन थालिए पछि विक्रेताहरु उत्साहित भएका छन् । निजि क्षेत्रबाट संचालित सिमेण्ट भन्दा गुणस्तरको हिसाबले उदयपुर सिमेण्ट बजारमा अब्बल देखिदै जाँदा माग दिनप्रतिदिन बढ्दै गएको छ । ८ सय मेट्रिक टन दैनिक उत्पादन क्षमता भएको सिमेण्टले दैनिक सरदर ६ सय १० मेट्रिक टन उत्पादन भैरहेको जनाएको छ । २०७७ श्रावण यता गत बैशाखको १९ दिनमा हाल सम्मकै सर्वाधिक ११ हजार ६ सय मेट्रिक टन सिमेण्ट उत्पादन भएको महाप्रबन्ध न्यौपाने बताउनु हुन्छ । कोभिड १९ को महामारीमा समेत आफ्नो उत्पादनलाई जारी राख्ने योजना राखेको उद्योगले आफ्ना पुराना मेशिनहरुको मर्मत गरेर ६ महिना भित्र उद्योगलाई पूर्ण क्षमतामा संचालन संगै थप क्षमता विस्तार गर्ने योजना राखेको छ । हाल प्रति बोरा ७ सय ५८ रुपैयमा बिक्रि हुदै आएको सिमेण्ट दैनिक विक्रि दर बढिरहदा बजारको मागलाई धान्न सकिरहेको छैन ।

Last updated:2021 May 22 Saturday 07:33:18

प्रतिक्रिया
सम्बन्धित समाचार