उपाहार न्यूज
उदयपुर जेठ ५
कोरोना संक्रमण दिनदिनै बढ्दै जाँदा स्थानिय नागरिकहरुलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउन प्रवासमा रहेका एक युवाले त्रियुगा नगरपालिकालाई दुई लाख पचास हजार सहयोग प्रदान गरेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाट स्थायी घर भएका सन्दिप भट्टराई विगत १८ बर्ष देखि बैदेशिक रोजगारीको शिलसिलामा कतारमा रहेका छन् । उदयपुरमा दिनदिनै संक्रमण दर बढ्दै जाँदा मृत्युको हुने संख्या पनि त्रियुगा नगर क्षेत्रमा बढेको देख्दा आफुलाई पनि केहि गर्न मन लाग्यो उनले उपाहार संग भने त्यहि भएर सानो भए पनि सहयोग गरेका भट्टाराईले बताए । आफै कोरोना संक्रमण भएर ठिका भएका भट्टराईले त्रियुगा नगरपालिकाले कोरोना कहरको लागि नगर क्षेत्रमा गर्ने कार्यको लागि सहयोग पुगोस भन्दै सहयोग गरेको बताए ।

लामो समय देखि प्रवासमा रहे पनि उदयपुर जिल्लाका विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएका भट्टराईका वुवा गोविन्द्र प्रसाद भट्टराई, आमा बालकुमारी भट्टराई र श्रीमती आरती भट्टराईले त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीलाई बिहिबार बिहान दुई लाख पचास हजारको चेक हस्ताणतरन गर्नु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा दिनदिनै संक्रमण बढ्दै जाँदा आफु प्रवासमा भए पनि स्थानिय सरकारलाई केहि सहयोग पु¥याउन सकिन्छ भन्ने उद्देश्यले आफुले सहयोग गरेको बताए । उनले प्रवासमा रहेको अन्य उदयपुरेहरुलाई पनि सहयोग गर्न आव्हान गरेका छन् । पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा समेत सहयोग गर्ने प्रतिबद्धता भट्टराईले दिएका छन् ।