Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सुरक्षाकर्मीलाई खेलकुद महासंघको स्वास्थ्य सामाग्री

  • उपहार न्युज
  • सोमबार, जेष्ठ ३ २०७८
सुरक्षाकर्मीलाई खेलकुद महासंघको स्वास्थ्य सामाग्री

उपाहार न्यूज
उदयपुर जेठ ३
एमाले निकट नेपाल खेलकुद महासंघले मदन–आश्रित स्मृति दिवसको अवसर उदयपुरका विभिन्न स्थानमा सुरक्षकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरसको संक्रमण आक्रमक रुपमा फैलिरहेको समयमा खेलुकद महासंघले उदयपुरमा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कोभिड रोकथामको लागि फ्रण्ट लाईनमा बसेर काम गरिरहेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पुर्याउने लक्ष्य अनुसार स्वास्थ्य सामाग्री वितरण गरिएको खेलकुद महासंघ उदयपुरका अध्यक्ष सागर नेपालले जानकारी दिनु भयो ।
खेलकुद महासंघले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र, इलाका प्रहरी कार्यलयलाई सेनिटाईजर, माक्स, फेस शिल्ड लगायतको सामाग्री हस्ताणतरन गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
महासंघले इलाका प्रहरी कार्यालय बेल्टार, रामपुर, कटारी, रिस्कु र बेल्सोत तथा सशस्त्र प्रहरी बेस क्याम्प कटारी र ट्राफिक प्रहरी कार्यालय कटारीलाई समेत खेलकुद महासंघका प्रतिनिधिहरुको उपस्तिथीमा सामाग्री प्रदान गरिएको छ । कार्यक्रममा महासंघका वरिष्ट केन्द्रीय उपाध्यक्ष तथा अभियानका संयोजक पर्शुराम बस्नेत, केन्द्रीय सचिव शम्भु पौडेल लगायतको सहभागिता रहेको थियो ।

Last updated:2021 May 22 Saturday 13:34:13

प्रतिक्रिया
सम्बन्धित समाचार