Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एपिएफ उदयपुर गोल्डकपको फाईलनमा

  • उपहार न्यूज
  • बुधबार, असार ४ २०७६
एपिएफ उदयपुर गोल्डकपको फाईलनमा

उपाहार न्यूज
गाईघाट असार ४
एपिएफ क्लब उदयपुर गोल्डकपको फाईनलमा प्रवेश गरेको छ, बुधबार सम्पन्न उदयपुर गोल्डकपको पहिलो सेमिफाईनल खेलमा मोरङ ट्रेनिङ सेन्टर मोरङलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै एपिएफ खेलको फाईनलमा प्रवेश गरेको हो ।
एपिएफको लागि खेलको पहिलो हाफमा हरि कार्की र प्रविण स्याङतानले गोल गरेका थिए, प्रतियोगीताको पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याच एपिएफकै हरि कार्की घोषित भए, उनलाई नगद सात हजार रुपैया सहित पुरस्कृत गरिएको छ उनलाई रौतामाई गाउँपालिका उदयपुरका प्रमुख गजेन्द्र खड्काले पुरस्कृत गरेका थिए । सामान्य बर्षाका कारण खेलमैदानमा प्रतियोगीहरुका लागि भने अन्य समयमा भन्दा सकस परेको थियो ।
प्रतियोगीताको दोस्रो सेमिफाईनल खेल बिहिबार आयोजक उदयपुर ११ र चौथो उदयपुर गोल्डकप विजेता गोर्खा ब्वाईज रुपन्देहि विच हुने छ । आयोजक उदयपुर ११ उदयपुर गोल्डकपको ईतिहासमानै पहिलो पटक झापा ११ लाई हराउदै दोस्रो चरणमा प्रवेश गरेको हो भने गोर्खा ब्वाईज क्लब यस अघिनै उदयपुर गोल्डकपमा विजयी हासिल भैसकेको छ । आयोजक उदयपुर ११ का लागि घरेलु मैदान र घरेलु दर्शक पूर्ण समर्थन रहदाँ गोर्खा ब्वाईज क्लब केहि तनावमा देखिने प्रष्ट छ । तर चौथो उदयपुर गोल्डकप समेत जित हासिल गरी सकेको रुपन्देहि भने उदयपुरमा पनि आफ्ना थोरै मात्र समर्थकका विच उच्च मनोवलाका साथ मैदान प्रवेश गर्दैछ, प्रतियोगीतामा पहिलो पटक दोस्रा चरणमा प्रवेश गरेको उदयपुर ११ र पूर्व विजेता गोर्खा ब्वाईज क्लब विचको खेल निकै रोचक हुने विशलेषण गरिएको छ । प्रतियोगीताको विजयीले आगामी शनिवार फाईनलमा एपिएफ संगको भेट पक्का गर्ने छ, प्रतियोगीताको विजयीले पाँच लाख रुपैया नगद र उपविजेताले तीन लाख रुपैया पुरस्कार पाउने छन् ।

Last updated:2019 Jun 19 Wednesday 13:53:14

प्रतिक्रिया
सम्बन्धित समाचार