सम्झना तामाङ
उदयपुर चैत २०
स्थापनाको २५ बर्ष पुरा गरी २६ औ बर्षमा प्रवेश गरेको अबसरमा सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उदयपुरको कटारीमा शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । विर्तामोड झापामा केन्द्रिय कार्यालय रहेर हाल ६ जिल्लामा ७ क्षेत्रीय कार्यालय र ७१ शाखा मार्फत सहाराले आफ्नो सेवा प्रदान गरिरहेको छ । २६ औ बर्ष प्रवेश अबसरमा उदयपुरको कटारीमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले जानकारी दिनु भयो ।
नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाको प्राविधिक सहयोग तथा युके एफएम कटारीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको तामाङले जानकारी दिनु भयो । बचत तथा ऋण सहकारी संस्था मार्फत नागरिकहरुको आर्थिक समृद्धिमा समेत टेवा पु¥याउदै पूर्वी नेपालमा संचालनमा रहेको सहकारीले जनउत्तरदायी गतिविधि समेत गर्दै आएको छ ।

केहि समय अघि उदयपुरमै सहारा नेपालको आयोजना तथा पूर्वाअञ्चल क्यानस अस्पताल विर्तामोड र विएण्डसी अस्पतालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको शिविरमा ६५० जनाले सेवा लिएका थिए । सहाराले उदयपुरको चौदण्डिगढि नगरपालिकालाई एम्बुलेन्स समेत प्रदान गर्न गत बर्षनै प्रक्रिया अघि बढाएको थियो नगरपालिकाले एम्बुलेन्स खरिदको आवश्यक प्रक्रिया चालिरहेको र आवश्यक प्रक्रिया पुरा गरी एम्बुलेन्स खरिद गरिए पछि एम्बुलेन्सको लागत बराबरको रकम सहयोग गर्ने कार्यक्रम समेत तय भै सहेको तामाङले जानकारी दिनु भयो । सहारालो कोरोना महामारीको समयमा विभिन्न स्थानिय तहहरुलाई समेत नगद तथा खाद्यन्न सहयोग गरेर जनउत्तरदायी गतिविधिमा सक्रिय रहदै आएको छ ।