Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कोसीमा दुई युवा वेपत्ता

  • उपहार न्यूज
  • बुधबार, असार ४ २०७६
कोसीमा दुई युवा वेपत्ता

लिम्चुङबुङ असार ४
उदयपुरको लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका दुई किशोर बेपत्ता भएका छन् । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर सोही वडाको बुत्कु माध्यमिक विद्यायलका अध्यनरत १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविन राई बेपत्ता भएका हुन्। उनिहरु माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता भएको स्थानीय बुत्कु माविका शिक्षक शिवराम राईले बताउनुभयो । उहाँका अनुसार आज बिहान ७ बजेको समयमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि गाउँलेहरू खोजी कार्य जारी राखेको छ । प्रहरीलाई जानकारी गराइएको र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको लिम्चुङबुङका वडा सदस्य गुरुमणी कुमाईले बताउनु भयो । देवकुमार एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रवीन कक्षा ९ मा अध्ययनरत विद्यार्थी भएको बताईएको छ।

Last updated:2019 Jun 19 Wednesday 12:38:58

प्रतिक्रिया
सम्बन्धित समाचार