उदयपुर असार ४
जल पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उदयपुरको रौतामाई गाउँपालिका ५ फोक्सिन्टार देखि त्रियुगा नगरपालिका १४ साउने धाप्लाङसम्म ¥याफ्टिङ परिक्षण भएको छ । गोर्खा डिप एड्भेन्चर जर्नीले रौतामाई गाउँपालिका फोक्सीन्टार किनारबाट धाप्लाङ सम्म १२ किलोमिटर दुरीमा परिक्षण सम्पन्न गरेको हो ।
र्याफटिङ परिक्षण सफल भएको परिक्षणको लागि समन्वकारी भुमिकमा रहेका समाजसेवी तथा नेपाली कांग्रेसका त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतले जानकारी दिनु भयो । जल पर्यटनको संभावनालाई परिक्षण गर्नका लागि निजि क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएकाले रौतामाई गाउँपालिका संगको समन्वयमा अनुभवी टोलीलाई ल्यायर रौतामाई परिक्षण गरिएको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले परिक्षण सफल भए संगै यसको व्यवसायीक विकास गर्ने पनि बताउनुभयो । उहाँले रौतामाई गाउँपालिकाभित्र बिभिन्न पर्यटन विकास र गन्तव्य रहेको भन्दै संभावनाका क्षेत्रहरु मध्य वडा नं ५ मा पर्यटन विकासका लागि ¥यफ्टिङ बिषेश रहेको बताउनुभयो । त्यस्तै वडा नं ५ का वडा अध्यक्ष पाण्डव राईले परिक्षणको नतिजा राम्रो आएमा यसलाई पर्यटकीय विकास गर्ने हिसावले ¥यफ्टिङ सञ्चालनमा ल्याउने बताउनु भयो । साथै परिक्षणमा आएका टोलीले फोक्सिन्टारदेखि धाप्लाङसम्म ¥याफ्टिङका लागि राम्रो क्षेत्र रहेको बताएका छन् । परिक्षण सफल भएकाले आगामी हिउद देखि नियमीत र्याफटिङ सुचारु गराईने बताईएको छ ।