Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

के हाजार्ड मड्रिड जादै छन् ? हाजार्ड चेल्सी छोड्ने बस्ने अफवाह र सत्यता

  • उपहार न्युज
  • बिहिबार, बैशाख २६ २०७६
के हाजार्ड मड्रिड जादै छन् ? हाजार्ड चेल्सी छोड्ने बस्ने अफवाह र सत्यता

प्रिमिएर लिग सकिदै छ भने चेल्सी स्टार एडेन हाजार्डको स्पेन क्लब जाने अफवाह समेत चर्किएको छ । चेल्सीका निम्ति अन्तिम खेल खेल्दै गरेको भन्दै आज विभिन्न मिडियामा समाचार सम्प्रेषण भैरहेको छ साथै हाजार्डले समेत विभिन्न इसारा गरेको समेत बताइएको छ ।

सुनौलो चेल्सी खेल यात्रा पश्चात हाजार्डको यस सिजन सुखद देखियो उनले आफ्नो ३६ प्रिमिएर लिग खेलमा १६ गोल गरे भने सुन्दर १५ एस्सिस्ट समेत गरेका थिए । उनको आइतबार भएको खेलमा समेत २ एस्सिस्ट समेत गरेका थिए । प्रिमिएर लिग छोड्दै स्पेन लिग जाने संकेत देखाएका हाजार्डले आफु अझै चेल्सी मै बस्न सक्ने समेत इसारा देखाएका छन् ।

हुनत चेल्सीको निम्ति यूरोपा लिग जिवितै छ साथै चेल्सी अर्को सिजनका निम्ति च्याम्पियन लिगका निमित समेत छनोट भैसकेको छ, हाजार्डको चेल्सीको यो नतिजाका निम्ति गरेको योगदान निकै मान्य छ ।

हाजार्डले केहि समय यता आफु चेल्सीका निम्ति पूर्ण प्रिमिएर लिग खेल्ने र यूरोपा लिग खेल्ने प्रतिबद्दता दिएका थिए । संचार माध्यामले भने उनले खेलेको वार्टफर्ड विरुद्धको खेल नै अन्तिम रहेको बताइरहेका छन् ।

स्टेडियममा गुन्जिएको विभिन्न फ्यानका मन्चनमा हाजार्ड रियल प्रस्थान गर्दै छन् भन्ने सुनिएको थियो र स्टेडियममा हाजार्डलाई अग्रिम बधाई विभिन्न फ्यानले बोर्ड मार्फत दिइरहेका थिए ।

हाजार्ड रियल जाने न जाने दोधार बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार