Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फागुन १५ देखि बेल्टारमा मिनि गोल्डकप हुने

  • उपहार न्युज
  • शनिबार, माघ २४ २०७७
फागुन १५ देखि बेल्टारमा मिनि गोल्डकप हुने

उपाहार न्यूज
बेल्टार माघ २४
उदयपुरको बेल्टारमा आगामी फागुन १५ गते देखि तेस्रो मिनी गोल्डकप नकआउट फुटवल प्रतियोगीता हुने भएको छ । रामप्रसाद राई रंगशालामा फागुन २२ गते सम्म हुने प्रतियोगीताको बिषयमा जानकारी दिन आयोजकले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगीतामा खोटाङ, सुनसरी सहित बेलका नगरपालिकाको लालिगुँरास, एकता क्लव, गाईघाटबाट फ्यूजन क्लव वोक्से–१०, बसाहा–११ र आयोजक समूह गरी कुल ८ वटा समुहले सहभागीता जनाउने छन् ।
प्रतियोगीतामा विजेता समूहले नगद एक लाख ५० हजार प्राप्त गर्ने आयोजक समितिका सचिव पिटर राईले जानकारी दिनु भयो ।
हाल सम्मको सबै भन्दा ठूलो रासीको प्रतियोगीताको रुपमा रहको प्रतियोगीताको पहिलो शस्करण २०७१ सालमा भुलिमाया स्मृति कपको आयोजना गरिएको थियो । उक्त प्रतियोगीताको प्रथम पुरस्काको राशी ५० हजार रुपैयाँ रहको थियो भने उप विजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार राखिएको थियो ।
प्रतियोगीताको लागि अनुमानित ८ लाख रुपैयाँ बजेट खर्च हुने र उक्त रकम स्थानिय स्तरबाटनै व्यवस्थापन गरिने आयोजकले जनाएको छ । प्रतियोगीताका लागि संकलित रकम मध्य बचेको रकम ७ नं. वडाका स्थानीय बोनम्यारो रोगबाट पीडित लेखकुमार राईको उपचार्थ सहयोग प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा क्लवका क्याप्टेन आशिष राई, मेनेजर सागर राई, युवा समाजसेवी ज्ञानेन्द्र प्रधान, राजेन्द्र विद्रोही, गणेश कटवाल, निरज घिसिङ, अञ्जान किराती लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा भव्यरुपमा सम्पन्न गराउँनका लागि खेलप्रेमी, व्यपारी व्यवसायी, विभिन्न संघसंस्था लगायतलाई आग्रह गरिएको छ । आयोजित पत्रकार सम्मेलन युवा समाजसेवी तथा स्थानीय कलाकार प्रेमजङ राईले सञ्चालन गरेका थिए ।

Last updated:2021 Feb 06 Saturday 14:59:59

प्रतिक्रिया
सम्बन्धित समाचार