गाईघाट असार ४
उदयपुर कृषि सहकारी संस्था लिमिटेडले बुधबारबाट गाईघाटमा आाफ्नो कारोबार सुरु गरेको छ , सहकारी ऐन नियम २०४८ बमोजिम २०७१ सालमा डिभिजन सहकारी कार्यालय उदयपुरमा दर्ता भएको सहकारीको नयाँ व्यवस्थापनका साथ सुरु भएको हो ।
साविकको त्रियुगा नगरपालिका वडा नम्बर १० देउरीमा रहेको सहकारी नयाँ व्यवस्थापन आए संगै बुधबारबाट गाईघाटमा आफ्नो नियमीत कारोबार सुरु गरेको हो । उदयपुर जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले कृषि क्षेत्रलाई विशेष प्राथमिक्तामा राखेर काम गर्ने छ ।
त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले एक समारोहका विच सहकारीको बुधबार उद्घाटन गर्नु भएको थियो, उद्घाटनको क्रममा बोल्दै चौधरीले सहकारीको नयाँ व्यवस्थान सहित व्यवसायीक कृषिलाई टेवा पुग्ने हिसाबले काम गर्नका लागि आग्रह गर्नु भयो ।
उहाँले कृषिलाई व्यसायीकरण गर्नका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेकाले स्थानिय सरकार संग पनि समन्वय गरेर अघि बढ्नका लागि आग्रह गर्नु भएको थियो । उहाँले स्थानिय सरकारले कृषिलाई व्यवसायीकरण गर्नका लागि विभिन्न नयाँ नयाँ किसिमका प्रविधिहरु कृष्कलाई हस्ताणतरन गर्दै आएकाले अक सहकारीको माध्यबाट सामाजिक रुपान्तरण गरिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लाहान शाखाका प्रमख चिरञ्जीवि तिम्सीनाले सहकारी बैंक कृषि सहकारी संग समन्वय गरेर अघि बढ्नका लागि तयार भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष चक्रमणी पोख्रेलले सहकारीले लिएको उद्देश्य अनुरुप काम गर्नका लागि जोड दिनु भयो । महिला अधिकारकर्मी नजबुल खानले सहकारीको पदाधिकारी देखि कर्मचारीहरुको नेतृत्व महिलाहरुले गरेकाले विशेष गरी महिलाहरुको आर्थिक स्तर बृद्धि गर्नका लागि सहकारीको लक्ष्य निर्धारण गर्नका लागि आग्रह गर्नु भयो । कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष भिप्रसाद पराजुली, संगम सहकारीका अध्यक्ष पुष्प सिग्देल लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष ज्योती पाण्डेले सहकारीले जिल्लाभर आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यका साथ परिमार्जित हुदै काम गर्ने बताउनु भयो ।