उपाहार न्युज्
उदयपुर माघ ३
नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदमको विरोधमा ७५३ वटै स्थानिय तहमा आयोजना गरेको विरोध प्रदर्शन उदयपुरका विभिन्न स्थानमा पनि सम्पन्न भएको छ । नेपाली कांग्रेसले उदयपुरका स्थानिय तहका विभिन्न स्थानमा विरोध प्रदर्शन कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस त्रियुगा नगर समितिले वृहत मोटरसाईकल ¥याली सहित नगर परिक्रमा गरेको छ । शनिवार पार्टी कार्यालय गाईघाटबाट सुरु भएको मोटरसाईकल ¥याली नगरपालिकाको विभिन्न स्थानमा पुगेर गाईघाट मुख्य चोकमा आएर कोण सभामा परिणत गर्दै सम्पन्न भएको छ । गाईघाटबाट सुरु भएको ¥याली राजाबास, चुहाडे, जलजले, देउरी, बगाह, मोतिगडा, पुरानो गाईघाट हुदै मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती हिमाल कार्की, नेपाली कांग्रेसका क्षेत्रीय सभापती बसन्तकुमार बस्नेत, त्रियुगा नगरपालिकाका नगर प्रमुख देवी चौधरी र नेपाली कांग्रेस त्रियुगा नगर समिति सभापती सरोजकुमार बस्नेतले संबोधन गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै बक्ताहरुले वर्तमान सरकारको असंवैधानिक कदमको विरोधमा नेपाली कांग्रेस चार तारे झण्डा लिएर सडकमा जनताको पक्षमा उत्रनु परेको बताएका थिए । संबिधानको रक्षा गर्न र देशको सुरक्षाको लागि सधै कांग्रेसले विषम परिस्तिथीमा यसरीनै सडक संघर्ष गर्दै आएको इतिहास साच्छी रहेको बक्ताहरुले बताए । जनताको बलिदानीबाट प्राप्त उपलब्धी खतरा तर्फ उन्मुख भएकोले कांग्रेस सडकमा आउनु परेको वक्ताहरुले बताए । उता नेपाली कांग्रेस वेलका नगर समितिले पनि रामपुरमा विरोध प्रदर्शन गरेको छ, यता चौदण्डिगढि नगर समितिले हडियामा विरोध सभा आयोजना गरेको छ ।