Upahar News शुक्रबार, कार्तिक २१ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सामाजिक अभियानमा हात फैलाउदै सम्झना सरस्वती श्रेष्ठ बचाउ अभियानमा चार लाख बढि सहयोग

  • उपहार न्युज
  • बुधबार, पुष १५ २०७७
सामाजिक अभियानमा हात फैलाउदै सम्झना सरस्वती श्रेष्ठ बचाउ अभियानमा चार लाख बढि सहयोग

उपाहार न्यूज
काठमाण्डौ पौष १५
जन्म पूर्वी नेपालको पाँचथर, एक दशक यता कर्मथलो झापाको दमक पछि केहि समय यता वैबाहिक जीवनमा बाधिएर उदयपुर गाईघाट आईपुगेकी सामाजिक अभियानकर्मी सम्झना तामाङले आफ्नो अभियानलाई निरन्तरता दिदै आएकी छिन् ।
पेशाले स्वास्थ्यकर्मी सम्झनाले परोपकारी भावनाले आफ्नो सम्पर्कमा आएका असाहय, गरिब र बिरामीहरुको उद्धार तथा उपचारमा दुई बर्ष यता दर्जन बढिलाई निरन्तर आफ्नो अभियान मार्फत सहयोग पु¥यउदै आएकि छिन् । मंगलबार मात्रै उनले पाचथर तुम्बीया गाउँपालिका ठेगाना भई हाल उर्लाबारी मोरङ बस्दै उपचारको क्रममा ललितपुर सानेपा स्थित स्टार हस्पिटलमा रहेकी सरस्वती श्रेष्ठ बचाउ अभियानबाट संकलित चार लाख ६ हजार नौ सय ७१ रुपैया सहयोग हस्ताणतरन गरेकि छिन् । चार बर्ष अघि पाँचथरमा सरस्वती श्रेष्ठको बाख्रा चराउन जाने क्रममा रुख बाट लडेर मेरुदण्ड भाचिदा कम्मर भन्दा मुनीको भाग नचल्ने अबस्थामा पुगेको थियो ।
परिवारका सदस्यहरुले उपचारको लागि विभिन्न स्थानमा पु¥याए, आर्थिक अबस्था कम्जोर रहेका श्रेष्ठ परिवारले उपचारमा धेरै ठूलो आर्थिक खर्च हुने भए पछि सरस्वतीको थप उपचार गराउनका लागि समस्या भोग्दै आएका थिए । सरस्वतीको अबस्थाको बिषयमा जानकारी प्राप्त भए पछि विगत देखिनै विरामी तथा असाहयको लागि अभियान संचालन गर्दै आएकी सम्झना तामाङले आफ्ना नजिकका साथीभाई संग सल्लाह गरेर सहयोग गर्ने अभियान संचालत गरिन् ।
सरस्वतीको अबस्था जानकारी प्राप्त भए पछि ६ महिना यता सम्झना अध्यक्ष रहने गरी सरस्वती श्रेष्ठ बचाउ अभियानको सुरु भयो अभियान सुरु भए पछि विभिन्न समयमा गरि श्रेष्ठ बचाउ अभियानमा उपचारको लागि १२ लाख हारहारीमा रकम संकलन भएर उपचारको काम सुरु भएको सरस्वतीका दिदि पुजा प्रधान बताउछिन् ।

सानेपा स्थित स्टार हास्पिटलमा उपचाररत सरस्वती श्रेष्ठलाई सहयोग रकम हस्ताणतरन गर्दै अभियानकर्मी सम्झना

बुवा आमा गाउँमानै हुनुहुन्छ, तीन दिदि र दुई भाई रहेको श्रेष्ठको लागि मंगलबार गाईघाटबाट अभियानकर्मी सम्झना तामाङ काठमाण्डौ पुगेर थप उपचारमा सक्रिय छिन् । मंगलबार विभिन्न दाताहरुबाट सरस्वती श्रेष्ठ बचाउ अभियानको एनएमबि बैंकको खाता नम्बर ०५३०१२६८९९२०००१२ संकलन भएको एक लाख ६९ हजार, इजरायलबासी नेपालीहरुबाट दावा छिरिङ शेर्पाले संकलन गरेको एक लाख ६८ हजार एक सय ५० दावा छिरिङका दिदि दावा थापसेव र छोरा सनम छिरिङ शेर्पाको उपस्तिथीमा, कतारबाट प्रदिप बान्तावा राईको नेतृत्वमा संकलित ६४ हजार ८ सय २१ र कुमार श्रेष्ठबाट पाँच हजार गरि चार लाख ६ हजार नौ सय ७१ रुपैया सहयोग हस्ताणतरन गरिएको छ ।
सरस्वतीको उपचारको लागि पाँच महिना अघि उर्लाबारीबाट बीर हस्पिटलको ट्रमा सेन्टर पु¥याईएको थियो त्यहा उपचार संभव नभए पछि स्पाइनर कड इन्जुरी सेन्टर साँगामा उपचार गराउदै आएको श्रेष्ठलाई विएनवि हस्पिटल पश्चात हाल सानेपा स्थित स्टार हस्पिटलमा उपचार भैरहेको अभियान्ता तामाङले बताईन् ।
सरस्वती श्रेष्ठ उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोगहरु प्राप्त भएको र अझ उनको थप उपचारको लागि चार÷पाँच लाख रुपैया आवश्यक रहेको परिवार स्रोतले जनाएको छ । अभियानकर्मी सम्झनाले सरस्वती श्रेष्ठ मात्र नभएर विगत देखि हाल सम्म अन्य विरामीहरुको लागि समेत अभियान संचालन गर्दै आएकि छिन् ।
बैदेशिक रोजगारीको शिलसिलामा कतारमा दुर्घटना भएर ब्रेन ड्यामेज भएका दमक ३ ढुकुरपानीका सन बहादुर तामाङको उपचारका लागि १५ लाख बराबर सहयोग संकलन गरेर परिवारलाई हस्ताणतरन गरिन् । बेलबारी मोरङका मृगौला पिडित प्रविण गिरिलाई बेलबारीका सामाजिक अभियान्ता रोमन राई लगायत संगको सहकार्यमा सहयोग जुटाउने काम भैरहेको छ, गिरिको नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत रहेको सम्झाना बताउछिन् ।


दमक ३ ढुकुरपानीका सनबहादुर तामाङ

दमक ३ कै मृगौला पिडित दुर्गादेवी विश्वकर्माmलाई समेत सम्झनाले अभियान मार्फत सहयोग गर्दै आएकि छिन् ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दमक ३ कै मृगौला पिडित दुर्गादेवी विश्वकर्मालाई सहयोग हस्ताणतरन गर्दै

दमक स्थित स्थानिय नागरिक तथा लाइन्स क्लब संगको सहकार्यमा हाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराईरहेकि विश्वकर्मालाई ८१ हजार रकम सहयोग गरिएको साथै सहयोग जुट्ने काम भैहेको तामाङ बताउछिन् । यता पथरी मोङका ३ महिने बालक मनिस सार्की अम्बीलेकल अर्निया पिडितलाई सम्झनाले आफ्नै खर्चमा स्वास्थ्य विमा गराई विवि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात ठिक भएका छन् । सम्झनाले आफुले विभिन्न अभियान मार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एक दर्जन बढिलाई सहयोग गरि सकेको बताउछिन् । आफुले संचालन गरेको अभियानमा स्वदेश तथा विदेशबाट सहयोग गर्नेहरु प्रति सम्झना धन्यवाद व्यक्त गर्छिन् । सरस्वती श्रेष्ठ बचाउ अभियान लगायत विभिन्न अभियानहरु हाल पनि संचालन भैरहेकोले सहयोगी सबैको नामवली सहित सार्वजनिक गर्दै सम्मान र धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत आयोजना गर्ने उनको सोच रहेको छ । नेपाली समाजमा धेरै बिरामी, असाहय र गरिबहरुको सेवाको लागि अब सामाजिक संस्थानै दर्ता गरेर अझ अभियानलाई व्यापकता दिने सोच रहेको उनले बताइन । वैवाहिक जीवनमा बाधिएर उदयपुर गाईघाटमा रहेकि तामाङले अब उदयपुरमै बसेर आफ्नो पेशा (स्वास्थ्यकर्मी) सामाजिक अभियान संगै संचार क्षेत्र समेत जोडिएर अघि बढ्ने बताउछिन् ।

Last updated:2020 Dec 30 Wednesday 05:54:44

प्रतिक्रिया
सम्बन्धित समाचार