Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विदेशबाट फर्किएका युवालाई कृषि सामाग्री

  • उपहार न्युज
  • आइतबार, मंसिर ७ २०७७
विदेशबाट फर्किएका युवालाई कृषि सामाग्री

उपाहार न्यूज
उदयपुर मंसीर ७
विदेशबाट फर्र्किर आफ्नै देशमा कृषि उद्यम संचालन गरिरहेको त्रियुगा नगरपालिका क्षेत्रका कृषि उद्यमी तथा कृष्क समुहहरुलाई त्रियुगा नगरपालिकाले कृषि सामाग्री हस्ताणन्तरण गरेको छ ।
नेपाल सरकार र स्वीस सरकारको सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित प्रयास परियोजना मार्फत त्रियुगा नगरपालिका कृषि तथा पशु शाखाको सहजीकरणमा युवाहरुलाई कृषि सामाग्री हस्तणतरण गरिएको हो । नगरपालिका क्षेत्रमा विभिन्न बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट तथा च्याउको बी, गाइ पालक किसानलाई समेत विभिन्न सामाग्रीहरु हस्ताणतरन गरिएको हो । त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधरी, उप प्रमुख देवीकुमारी चौधरीले कृष्कहरुलाई सम्पूर्ण सामाग्री हस्ताणतरन गर्नु भएको थियो । स्वीस सरकार र नेपाल सरकार विच सम्झौता अनुसा हेल्भेटासको प्राविधिक सहयोगमा संचालित प्रयास परियोजनाले कृषि क्षेत्रको विकासको लागि टेवा पुग्ने गरी सहयोग गर्दै आएको प्रयास जिल्ला परियोजना संयोजक रोशना कार्कीले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बलदेव चौधरी, नगर उपप्रमुख देवीकुमारी चौधरीले नगरपालिका क्षेत्रका नागरिकहरुले बाहिरी बजारबाट आयात गरिएको तरकारी प्रयोगलाई घटाएर स्थानिय उत्पादनलाईनै व्यवसायीकरुपमा आत्मनिर्भर हुने किसिमले उत्पादनमा लाग्नको लागि आग्रह गर्नु भयो ।
उहाँहरुले नगरपालिकाले किसान र कृष्कको लागि गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
प्रयासले वैदेशिक रोजगारीबाट फर्केका १६ युवाहरुलाई प्लाष्टिक टनेल सेट, २५ जनालाई व्यवसायीक च्याउ खेती संचालन गर्नका लागि च्याउको विउ तथा ३ जना कृष्कहरुलाई सोलार डायर प्रदान गरिएको त्रियुगा नगरपालिका कृषि शाखाका नायव कृषि प्राविधिक सोम बहादुर दनुवारले जानकारी दिनु भयो ।

Last updated:2020 Nov 22 Sunday 11:25:32

प्रतिक्रिया
सम्बन्धित समाचार