Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटारीका व्यवसायी प्रयास कार्की तेस्रो पटक सम्मानित

  • उपहार न्युज
  • आइतबार, मंसिर ७ २०७७
कटारीका व्यवसायी प्रयास  कार्की तेस्रो पटक सम्मानित

उपाहार न्यूज
उदयपुर मंसीर ७
उदयपुरका व्यवसायी प्रयास कार्की तेस्रो पटक उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएका छन्, उनले संचालन गर्दै आएको नेपाल ट्रेडिङ एण्ड हार्डवेर प्रालिलाई करदाता सेवा कार्यालय उदयपुरले सम्मान गरेको हो ।
९ औ राष्ट्रिय कर दिवशको अबसरमा करदाता सेवा कार्यालय उदयपुरले आयोजना गरेको कर सप्ताह कार्यक्रम समापनको क्रममा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो । कार्यक्रममा करदाता सेवा कार्यालय उदयपुरका प्रमुख सुमन बुढाथोकी, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा लगायतले उत्कृष्ट करदाता कार्कीलाई कदर पत्र सहित सम्मान गर्नु भएको हो ।

कार्कीले नेतृत्वको हिमशिखर ग्रुपले उदयपुर जिÞल्लाबाट आ.ब.२०७३/७४मा तथा २०७४/०७५ र ०७५/०७६ मापनी हिमशिखर ग्रुपको नेपाल ट्रेडिंग एंड हार्डवेयर प्रा लि ले उदयपुर जिल्लामा सबै भन्दा बढी कर दाखिला गरे बापत निरन्तर पुरस्कृत हुदै आएको कार्कीले बताउनु भयो । तेस्रो पटक उत्कृष्ट करदाताको रुपमा पुरस्कृत गरेको प्रति कार्कीले खुसी व्यक्त गर्दै सामाजिक संजाल मार्फत धन्यवाद समेत दिएका छन् ।
त्यसैगरी कार्यलयको उत्कृष्ट कर्मचारीलाई पनि अभिनन्दन गरिएको छ । उत्कृष्ट कर्मचारीको रुपमा करदाता सेवा कार्यालय उदयपुरमा कार्यरत टेक बहादुर कार्कीलाई नगद रु ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।

Last updated:2020 Nov 22 Sunday 11:27:30

प्रतिक्रिया
सम्बन्धित समाचार