Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भ्रष्टचारको बिरोधमा कांग्रेसद्धारा रौतामाईमा प्रदर्शन

  • उपहार न्युज
  • बुधबार, असोज २८ २०७७
भ्रष्टचारको बिरोधमा कांग्रेसद्धारा रौतामाईमा प्रदर्शन

उपाहार न्यूज
उदयपुर असोज २८
रौतामाई गाउँपालिकामा भउको अनियमितता तथा भ्रष्टचारको बिरोधमा छानविनको माग राख्दै नेपाली कांग्रेस रौतामाई गाउँपालिका गाउँपालिका समितिको नेतृत्वमा विहिबार विरोध प्रदर्शन गरेको छ ।
गाउँपालिकामा औषधि खरिद प्रक्रिया, विभिन्न खरिद प्रक्रियाहरुमा अनियमतिता भएको भन्दै सत्य तथ्य छानविनको माग राख्दै प्रदर्शन गरेको हो । कांग्रेसले विरोध प्रदर्शन गर्दै विभिन्न बिषयका सूचनाहरु समेत माग गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस पछिल्लो तीन आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन, गत आर्थिक बर्षको आलेप प्रतिवेदन, लौठ सल्ला वृक्षारोपण भुक्तानी कागजात, जिन्सी व्यवस्थापन पाँच लाख भुक्तानी कागजातहरु, कोरोना भाइरस संबन्धि विभिन्न शिर्षकमा गरिएको भुक्तानी र भुक्तानी दिन बाकी विवरणको सूचना माग गरेको नेपाली कांग्रेस उदयपुरका जिल्ला कमिटि सदस्य भुपेन्द्र बहादुर थापाले जानकारी दिए ।
विरोध कार्यक्रममा नेपाली कांग्रेस गाउँ पाटी सभापती चेत बहादुर दाहाल, सह सभापती घमानसिंह थापामगर, वडा नम्बर ४ का वडा सभापती रबिन्द्र कुमार खत्री, पूर्व गाविस अध्यक्ष झनक बहादुर साहि, नेपाली कांग्रेस पूर्व क्षेत्रीय सचिव टके बहादुर दाहाल लगायतले कार्यक्रममा संबोधन गरेका थिए ।
नेपाली कांग्रेसले आफुहरुले माग राखेका सूचना प्राप्त नभए साथै भ्रष्टचार आरोपीत कर्मचारी माथि छानविन तथा कार्वाहि नगरे कडा संघर्षमा उत्रने नेपाली कांग्रेसका छाया सरकार प्रमुख भुपेन्द्र बहादुर थापाले बताए । तीन बर्ष देखि हामी स्थानिय सरकारले गरिरहेको कामलाई हरीरहेका थियौ तर जनताको व्यापक जनगुनासो आउन थाले पछि कांग्रेसले पटक पटक विभिन्न माध्यमबाट गाउँपालिका नेतृत्वलाई सुध्रिन आग्रह गरे पनि गाउँपालिका नसुध्रिएकाले भण्डाफोर अभियानमा उत्रीएको अध्यक्ष थापाले बताए ।

Last updated:2020 Oct 14 Wednesday 14:35:47

प्रतिक्रिया
सम्बन्धित समाचार