Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

भगवती मन्दिर व्यवस्थापन समितिको १६ औ साधरण सभा सम्पन्न

  • उपहार न्युज
  • शनिबार, असोज २४ २०७७
भगवती मन्दिर व्यवस्थापन समितिको १६ औ साधरण सभा सम्पन्न

उपाहार न्यूज
उदयपुर असोज २४
भगवती मन्दिर व्यवस्थापन समिति त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेको १६ औ साधरण सभा सम्पन्न भएको छ । शनिवार एक समारोहका विच भगवती मन्दिर परिसर त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभामा आर्थिक बर्ष २०७६/७७ मा मन्दिरको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको थियो, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निगमकुमार कोइरालाले मन्दिर स्थापना देखि हाल सम्मको अबस्थामको बिषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका सहभागीहरुले मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि स्थानिय तह तथा दातृ निकायहरु संग पहल गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम बहादुर दाहाल, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यता विगत बर्ष झै वृहत रुपमा आयोजना गर्दै आएको दुर्गा पुजा तथा फलपाती कार्यक्रम कोरोना भाइरसका कारण दिन प्रतिदिन अबस्था जटिल बन्दै गएकाले सरकारले बनाएको मापदण्डलाई आधार मानेर सामान्य ढंगले संचालन गर्ने निर्णय गरिएको छ । विगतमा मन्दिर व्यवस्थापन समिति, श्रद्धालु भक्तजन, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना सहितको फुलपाती कार्यक्रम हुने गरे पनि यस बर्ष भने परिपत्र नआईसकेकोले विगतमा जस्तो तामझामका साथ कार्यक्रम हुने नहुने अन्यौलता रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी दिवशको अबसरमा भगवती मन्दिर परिसर सरसफाई गर्ने प्रहरी उपरिक्षम भिम बहादुर दाहालले जानकारी दिनु भयो । भगवती मन्दिरमा दुर्गा पुजा नियमीत हुने भए पनि भिडभाड तथा सामुहिक जमरा राख्ने कार्यक्रम भने नगरिने भएको छ । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नारायण प्रसाद पोख्रेलले स्वागत मनतव्य तथा सह सचिव जीवन पाण्डेले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।

Last updated:2020 Oct 10 Saturday 13:35:51

प्रतिक्रिया
सम्बन्धित समाचार