Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा नगरपालिकाद्धार कोरोना व्यवस्थापनमा भएकोे खर्च सार्वजनिक

  • उपहार न्युज
  • बिहिबार, असोज २२ २०७७
त्रियुगा नगरपालिकाद्धार कोरोना व्यवस्थापनमा  भएकोे खर्च सार्वजनिक

उपाहार न्यूज
उदयपुर असोज २२
त्रियुगा नगरपालिकाले कारोना भाईरसको संक्रमण रोकथामको लागि प्रकोप व्यवस्थापन कोष मार्फत दुई करोड ६५ लाख ४६ हजार सात सय ५० रुपैया खर्च भएको सार्वजनिक गरेको छ । विहिबार त्रियुगा नगरपालिकाले कोरोना रोकथामको लागि गरेको कार्य विवरण तथा खर्च सार्वजनिक गरेको हो ।
नगरपालिकामा विभिन्न संघ संस्था बाट १० लाख ८३ हजार, तीन सय ३३ रुपैया, प्रदेश सरकारबाट १० लाख रुपैया, त्रियुगा नगरपालिकाको बजेटबाट रकमान्तर दुई करोड ४६ लाख ४२ हजार ४ सय १७ रुपैया गरी कुल २ करोड ६७ लाख २५ हजार सात सय ५० रुपैया आम्दानी भएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण विक्रम थापाले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार खर्च तर्फ नगरपालिकाले राहत वितरण गरेको १९ लाख ३५ हजार ८ सय ५१ रुपैया खर्च भएको छ । त्यसैगरी वडावाट राहत वितरणमा २ करोड ११ लाख ५५ हजार ६ सय ६९ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा १६ लाख तीन सय ५२ रुपैया, प्रचार प्रसारमा ९२ हजार एक सय ७८ रुपैया, सचेतना कार्यक्रम तर्फ तीन लाख ६० हजार, माक्स खरिद दुई लाख ३४ हजार, एम्बुलेन्स खर्च ५ लाख ७१ हजार दुई सय, स्वास्थ्य सामाग्री खरिद एक लाख पचास हजार, रेडियो अनलाईन शिक्षा एक लाख ४७ हजार पाँच सय, एम्वुलेन्स दर्घटना खर्च तीन लाख गरी कुल दुई करोड ६५ लाख ४६ हजार सात सय ५० रुपैया खर्च भएको जनाएको छ । त्रियुगा नगरपालिका द्धारा गठित प्रकोप व्यवस्थापन कोषमा एक लाख ७९ हजार रुपैया रकम बाकी रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिनिधि सभा, प्रदेश सभा सदस्य, सुरक्षा निकाय प्रमुख, पत्रकार, त्रियुगा नगरपालिकाका जनप्रतिनिधि सहित आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाबाट भएको खर्च विवरण सार्वजनिक भएको हो । नगरपालिका क्षेत्रमा कोरोना व्यवस्थापनको लागि नगरपालिकाले क्वारेन्टाइन संचालन, स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य साहयता कक्षा संचालन, किटनाशक औषधि छर्कने काम, राहत वितरण, एम्बुलेन्स संचालन, स्वाब परिक्षणको लागि सवारी व्यवस्थापन लगायतको काम भएको नगरपालिकाले जनाएको छ ।
यता त्रियुगा नगरपालिकाले काठमाण्डौमा ज्यालादारी गर्ने दुई सय मजदुरलाई काठमाण्डौमा राहत वितरण, भिटिएम खरिद लगायतका काम सचालन गरेको जनाएको छ ।
त्रियुगा नगरपालिकाले संचालन गरेको त्रिजब क्याम्पसको क्वारेन्टाइनमा ८० महिला सहित ५९५ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

Last updated:2020 Oct 08 Thursday 13:53:09

प्रतिक्रिया
सम्बन्धित समाचार