Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पार्टी परित्याग गरी स्वतन्त्र बनेका राईलाई राज्यले फसाउन खोजेको आरोप

  • उपहार न्यूज
  • मंगलबार, असोज ६ २०७७
पार्टी परित्याग गरी स्वतन्त्र बनेका राईलाई राज्यले फसाउन खोजेको आरोप

देबराज राई-
उदयपुर, असोज ६ ।

केही दिनअघि पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको रुपमा जीवन बिताईरहेका समाजसेवी केदार राईले राज्यपक्षबाट अनावश्यक दुःख दिने काम भइरहेको आरोप लगाएका छन् । केही समय नेकपा (बिप्लव समूह)मा आबद्ध रहेका राईले स्वइच्छापूर्वक पार्टी त्यागे पनि आफूलाई काल्पनिक, झुटा मुद्धामा अभियुक्त बनाइ फसाउन खोजिएको आरोप लगाएका हुन् ।

उदयपुर स्थायी घर भएका राईले यही भदौ १३ गते एक विज्ञप्ती जारी गर्दै नेकपा (बिप्लव समूह)मा आफू उप्रान्त कुनै पनि भूमिकामा नरहने घोषणा गरेका थिए । औपचारिक रुपमै पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको रुपमा जीवनयापनको बाटो रोजेका राईले राज्यबाट आफु पूर्वाग्रहरी ढंगले असुरक्षित महसुस गरीरहेको बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै राईले आफ्नो असुरक्षाबारे सार्वजनिक गरेका हुन् ।

पार्टी कामकै शिलसिलामा प्रहरी गिरफ्तारीमा परेका राई कानुनमा तोकिएबमोजिमको सजाय भुक्तान गरी २०७५ साल पुस ८ गते उदयपुर जिल्ला कारागारबाट मुक्त भएका थिए । त्यसलगत्तै २०७५ साल माघ ३ गते उच्च रक्तचाँपबाट मस्तिष्कघात भएदेखिनै आफू पार्टी कामको क्रियाशीलता नरहेको विज्ञप्तीमा उल्लेख छ । २०७५ माघ ३ अर्थात आफू शारीरिक रुपमा अस्वस्थ्य भएपछि पार्टीको कुनैपनि गतिबिधिमा संलग्न नरहेको भएपनि आफूबिरुद्व राज्यले पूर्वाग्रह र प्रतिशोधयुक्त फौजदारी मुद्धामा तान्न खोजेको भन्दै उनले मुद्धा फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

राईले हाल आफू कुैपनि पार्टीमा नरहेको र आगामी दिनमासमेत समाजसेवी, स्वतन्त्र नागरिकको रुपमा सामाजिक भूमिकामा रहने बताएका छन् । विज्ञप्तीमार्फत राईले नेपालको संविधान २०७२ बाट प्रत्याभूत मौलिक हकलाई राज्यपक्षबाट इमान्दिारिताका साथ पालना गराउन सरोकारवाला सबै निकायलाई आग्रहसमेत गरेका छन् ।

पार्टी परित्यागपछि स्वतन्त्र जीवनमा फर्किएका राई । तस्वीर : केदार राईको फेसबुक वालबाट ।

Last updated:2020 Sep 24 Thursday 18:17:36

प्रतिक्रिया
सम्बन्धित समाचार