Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढि नगरपालिकामा धमाधम तरुण दल गठन हुदै

  • उपहार न्युज
  • शनिबार, असोज ३ २०७७
चौदण्डिगढि नगरपालिकामा धमाधम तरुण दल गठन हुदै

भास्कर चौधरी
उदयपुर असोज ३
चौदन्डीगढी नगरपालिका क्षेत्रमा नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरुण दल तदर्थ नगर कार्य समितिले नगर का सबै वडामा नेपाल तरुण दल वडा कमिटी गठन गर्ने अभियान सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको अभियान नगरपालिकाको वडा नम्बर १ को ऐतिहासिक चौदन्डीगढी दरवार क्षेत्र बाट औपचारिक रुपमै आज बाट शुभारम्भ गरेको छ ।
अभियानको पहिलो दिन शुक्रबार वडा नम्बर १ का युवा तुलाराम राउत को अध्यक्षतामा ४३ जना सदस्य सहितको वडा तरुण दल गठन भएको छ । नगर भित्र को सबै वडामा वडा कमिटी गठन गरि त्यहाँ बाट छनौट भैइ नगर प्रतिनिधि को रूपमा आएका सदस्यहरु मध्ये बाट पुनः छनौट गदै नगरको पूर्ण नेपाल तरुण दल नगर कमिटी गठन हुने यस अभियान को उदेश्य रहेको नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य ,युवा नेता तथा नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनुभएको छ ।




नेपाली काङ्ग्रेस नगर सभापति राजेन्द्र पौडेल को प्रमुख आतिथ्यता एवं नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य तथा नगर प्रमुख खगेन्द्र राई को बिशिस्ट आतिथ्यतामा शुक्रबारबाट अभियान सुरु गरिएको थियो । शुक्रबार आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं वडा अध्यक्ष तेजराज तिम्सिना ,वडा अध्यक्ष रोहितमान तामाङ ,नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कमिटी उदयपुर का अध्यक्ष केदार कटुवाल ,आदिवासी जनजाति संघ केन्द्रिय सदस्य भुवन श्रेष्ठ ,उद्योग बाणिज्य संघका अध्यक्ष पवन कार्की लगायत नेपाली काङ्ग्रेस सङ्ग आबद्ध विभिन्न भातृसंघ का प्रमुख र प्रतिनिधि , आस्थावान युवा ,महिला ,समाजसेवी ,अगुवा ,बुद्धिजीवीहरुको उपस्थित रहेका थिए ।
अभियान को अध्यक्षता तदर्थ समितीका अध्यक्ष सन्तोष राईले गर्नु भएको थियो । अभियानमा नेकपा परित्याग गरि आएका एक दर्जन बढी युवाहरुलाई प्रमुख अतिथि ,बिशिस्ट अतिथि तथा अतिथि बाट टीका लगाई पार्टी मा स्वागतत गरेका छ्न ।
असोज २ बाट वडा नम्बर १ हुँदै शुरु भएको यो अभियान वडा नम्बर ८ मा असोज ८ गते समापन हुने आयोजकले बताएका छन् ।
यसै विच चौदण्डिगढिको वडा नम्बर ३ र ४ मा पनि वडा स्तरीय तरुण दल वडा समिति शनिबार गठन गरिएको छ । वडा नम्बर ३ मा नवीन तामाङ को अध्यक्षतामा ३१ सदस्य त्यसैगरी वडा नम्बर ४ मा नवीन सुप्तिहाङ्ग राई को अध्यक्षतामा ४९ सदस्यीय समिती गठन गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, नगर सभापती राजेन्द्र पौडेल, क्षेत्रीय सदस्य एवं नगर प्रमुख खगेन्द्र राई ,तरुण दल जिल्ला उप सभापति पर्वत दाहाल ,क्षेत्रीय तरुण दल सभापति चन्द्र लाल गिरि, आदिवासी जनजाति संघ केन्द्रिय महामन्त्री प्रशान्त राई, उधोग बाणिज्य संघ का अध्यक्ष पवन कार्की लगायतको उपस्तिथी रहेको थियो । यसै विच तरुण दलले वडा नम्बर २ मा विहान ९ बजे र वडा नम्बर ७ मा दिउसो १ बजे वडा स्तरीय समिति गठन गर्ने कार्यक्रम रहेको तरुण दल नगर अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

Last updated:2020 Sep 19 Saturday 16:14:07

प्रतिक्रिया
सम्बन्धित समाचार