शंकर रिखाम मगर
मुर्कुची । रौतामाइ गाउँ पालिका प्रथम अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता साथमा सास्कृतिक कार्यक्रम पालिकाकै आयोजनामा रसुवा मावी भुट्टारको प्राङ्गणमा सम्पन्न गरेकोछ । ८ गते देखिको निरन्तर जारी खेलमा आमचोक गाउँ पालिका भोजपुर र सिर्जनशिल समाज विकास केन्द्र भुट्टारविच फाइनल खेल ११ गते शनिवार सम्पन्न भएकोथियो । कार्यक्रम रौतामाइ गापा अध्यक्ष गजेन्द्र वहादुर खड्काको अध्यक्षतामा रहेकोथियो भने प्रमुख अतिथी प्रदेश सभा सदस्य श्री नारायण बुर्जा मगरको साथमा रौतामाइ प्रमुख प्रशासकिय अधिकृत खम्वराज राई र वडाहरुका जनप्रतिनिधिहरुको सहभागिता सहित हजारौ खेलप्रेमीहरुको उपस्थिती रहेकोथियो ।

रौतामाइको प्रथम अध्यक्ष भलिवल खेल तर्फ लिमचुङवुङ्ग हिम्मा २ ले तेस्रो स्थानमा सिमित रहेकाथिए भने प्रथम र दोस्रो खेलमा आमचोक गाउँपालिका भोजपुर र सिर्जनशिल विकाश केन्द्र भुट्टारविच भएकोथियो उक्त खेलमा भोजपुरले भुट्टारलाइ १८ अङ्कको विरुद्ध २५ ले, २२ को विरुद्ध २५ र अन्तिम पाचौं सेट खेलमा ११ को विरुद्ध १५ अङ्कको फरकमा भुट्टारलाइ पछि पर्दै भोजपुरले प्रथम स्थान हात पारेकाथिए । भलिवल खेल तर्फ प्रथम समुहलाइ ८० हजार, दोश्रो समुहलाइ ५० हजार र तेस्रो समुहलाइ ३० हजर रुपैयामा २५ प्रतिशतको दरले कर कट्टा गरि नगद प्रदान गर्दै मेडल, प्रमाणपत्र सहित प्रदान गरिएकोथियो ।

प्रतियोगितामा किराँती समुदायको (साकेला सिलीको) झलक प्रदर्शन गर्दै ।
विभिन्न जातिय झाकी तथा सास्कृतिक कार्यक्रम समावेश गरिएको उक्त कार्यक्रममा सास्कृतिक कार्यक्रम तर्फ गाडिभाडा वापत प्रथम क्रमश प्रथम समुहलाइ १० हजार, दोस्रोलाइ ८ हजार, तेस्रोलाइ ४ हजार र सन्वना समुहलाइ ३ हजार नगद रकम प्रदान गरिएकोथियो भने सहभागी समुहहरुलाइ १ हजारको दरले नगद प्रदान गरिएकोथियो। त्यसैगरी उक्त कार्यक्रमको अवसरमा फरक क्षमता भएकाहरु २२ जना र जेष्ठ नागरिकहरुम ९२ जना गरि १ सय चौध जनालाइ सम्मान गर्दै विद्यालयमा अध्ययनरत १५ वालवालिकाहरुलाइ कपडा, झोला र कपि पनि सहयोग वितरण गरिएकोथियो । १० गते वेलुकी रौतामाइ २ नौले स्थित गोविन्द विस्वकर्मको घर आगलागी भएकोमा पालिकाले १० हजार रुपैया र वडा नम्वर २ वाट चामल र अन्य सामाग्रीहरु सहयोगको साथामा रौतामा सन्चालित सवल परियोजनाले पनि सहयोग गरिएकोथियो ।