उपाहार न्यूज
उदयपुर भाद्र १६
उदयपुर कोभिड १९ अस्प्ताल ( आईसोलेशन सेन्टर) बेल्टारबाट मंगलबार ८ जना घर फर्किएका छन् । कोरोना संक्रमित मध्य त्रियुगा नगरपालिका बर्ष ३६,३४,५२,४२,२८,३६ पुरुष, चौदण्डिगढि नगरपालिका स्थायी घर भइ त्रि.न.पा. बस्ने २८ बर्षका पुरुष र वेलका नगरपालिकाका ४१ बर्षिय पुरुष गरी ८ जना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले कोरोनामुक्त भएका सबैलाई स्वास्थ र सफल जीवनको शुभकामना सहित बिदाइ गर्नु भएको छ । कोभिड अस्पतालमा अब कटारी नगरपालिकाका ४२ बर्षिय १ जना पुरुष मात्र रहेका छन् संक्रमित रहनु भएको चौदण्डिगढि नगरपालिका स्वास्थ्य शाखा सह इन्चार्ज तेज बहादुर पोख्रेलले जानकारी दिनु भयो ।