उपाहार न्यूज
उदयपुर भाद्र १३
नेपाल कम्युनिष्ट पार्टी (बिप्लब) समुहका नेता केदार राईले पार्टी परित्या गरेको घोषणा गरेका छन् । नेकपा बिप्लबमा स्थापना कालदेखि अर्ध भुमिगत हुदै भुमिगत राजनितिमा सक्रिय राईले भाद्र १३ गते एक प्रेस विज्ञप्ती जारी गर्दै आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
नेकपा उदयपुरको ईन्चार्ज समेत रहेर हाल पार्टीको जनकपुर व्यूरो सदस्य रहेका राईले आफ्नो स्वास्थ्यका कारण पार्टीलाई नियमित समय दिन नसकेकोले पार्टीको कुनै पनि जिम्मेबारीमा नरहने गरी विज्ञप्ती मार्फत स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

तीन दशक देखि कम्युनिष्ट राजनितिमिा क्रियाशिल राई तत्कालिन नेकपा माले, नेकपा एमाले, माओवादी हुदै विप्लब नेतृत्वको पार्टीमा रहेका थिए । उच्च रक्तचापका कारण मस्तिष्कघात भए पछि २०७५ माघ ३ गते देखि आफुु उपचारमा रहेको जनाएका छन् । यसै विच नेकपा जनकपुर व्युरोले पनि विभिन्न जिल्लाको इन्चार्ज हुदै हाल जनकपुर व्यूरो कार्यालयमा क्रियाशिल रहेका केदार राईलाई स्वास्थ्य अबस्था बिग्रदै गएकाले राईकै चाहाना अनुरुप पार्टीको कुनै पनि समिति तथा जनवर्गीय संगठनको कुनै निकायमा नरहने गरी हटाईएको प्रेस वक्तव्य मार्फत जानकारी दिएको छ । ईरातोखबर अनलाईनमा प्रकाशित समाचार अनुसार पार्टी जनकपुर व्यूरो इन्चार्ज अरुणद्धारा जारी विज्ञप्तीमा राईलाई पार्टीबाट हटाईएको जानकारी दिएको हो ।