Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

यस्तो पो मेयर जनताको मेयर

  • उपहार न्यूज
  • सोमबार, साउन १९ २०७७
यस्तो पो मेयर जनताको मेयर

उपाहार न्यूज
कटारी श्रावण १९
उदयपुरका कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा हालै मात्र सडक आश्रित १० जनाको उद्धार गरेको कार्यको यतिवेला सामाजिक संजालमा चौतर्फी प्रसंसा बढेको छ । नगरपालिका मार्फत नगर क्षेत्रको विकास निर्माणलाई अग्र गति दिईरहदाँ अर्को तर्फ नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले असाहय र विरामीलाई उपचार खर्च देखि सडक आश्रितलाई उद्धार गरेको कार्य नगरबासीले प्रसंसा गरिरहेका छन् ।
गत शनिवार कटारी नगरपालिका क्षेत्र भित्रका सडक आश्रित १० जनालाई नगर प्रमुखको विशेष पहलमा उद्दार गरिएको हो । नगर प्रमुख श्रेष्ठ संगै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सांसद कला घले, उप प्रमुख भीम कुमारी राउत, मानव सेवा आश्रमका संयोजक नवराज केसी लगायतले कटारी क्षेत्रबाट ती व्यक्तिहरुको उद्धार कार्यमा खटिएका थिए ।
आफ्न्तबाट घर निकाला भएका, बाटो विराएर घर जान नसकेका कटारी बजारदेखि भोर्ले, बेलसोतसम्म हिँडिरहने ६ पुरुष र ४ महिला गरि १० जनालाई उद्धार गरिएको हो ।
मेयर श्रेष्ठका अनुसार उद्धार गरिएका व्यक्ति दुई वर्षअघिदेखि सडकमा आश्रित रहेका थिए । मेयरले भने, ‘हामीले प्रदेश सरकारसंग समन्वय गरी सडकमा आश्रित मानिसलाई तत्काल मानव सेवा आश्रम लगेर उनीहरुको भरण–पोषण र औषधि उपचार गर्न सहज होस भनी पठाएका छौ ।
मेरो खुशी भनेको मेरो नगरबासी खुसी हुनु हो ,जुन कामले नगरबासी खुसि हुन्छन म त्यो काम को लागि अहोरात्र खटिन तायार छु । मैले पहिलै देखि भन्दै आएको छु । म जनताको नोकर हु जनताले बिस्वास गरेर भोट दियर मलाइ काम गर्छ भनेर यो स्थान मा पठायका हुन तेसैले मैले नगरबासी जनताको बिश्वासलाई घात कहिले गर्दिन नगरबासिको हकहितको लागि सके नगरले नसके प्रदेश सरकार र संघिय सरकार सम्म पहल गरेर जनताको लागि लागि पर्छु ।

Last updated:2020 Aug 03 Monday 09:33:15

प्रतिक्रिया
सम्बन्धित समाचार