Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रेडक्रसद्धारा उदयपुरमा कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सुरु

  • उपहार न्यूज
  • सोमबार, साउन १९ २०७७
रेडक्रसद्धारा उदयपुरमा कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सुरु

उपाहार न्यूज
उदयपुर श्रावण १९
त्रियुगा नगरपालिकालाई कोरोना मुक्त बनाउनका लागि नेपाल रेडक्रस सोसाईटी उदयपुर अन्तर्गत रहेर उदयपुरमा कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सुरु हुने भएको छ ।
युनिसेफको सहयोगमा नेपाल रेडक्रस संगको साझेदारीमा कार्यक्रम सुरु हुन लागेको हो, कोभिड १९ को न्यूनीकरणको लागि समुदाय स्तरमा पुगेर जनचेतना तथा विभिन्न किसिमको कार्यक्रम संचालन हुने छ । युनिसेफको सहयोगमा नेपाल रेडक्रसले उदयपुरको त्रियुगा नगरपालिका संगै पाँच प्रदेशका २८ जिल्लाका ५३ स्थानिय तहका एक लाख नागरिकहरु पूर्णरुपमा लाभान्वित हुने गरी कार्यक्रम संचालन गर्न लागेको हो । उदयपुर रेडक्रस मार्फत त्रियुगा नगरपालिका क्षेत्रलाई कार्य क्षेत्रको रुपमा काम गर्ने भएको छ । कार्यक्रमको बिषयमा जानकारी दिनका लागि आईतबार नेपाल रेडक्रस सोसाईटी उदयपुरले नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।


स्थानिय तहमा पनि वडा स्तरमा पुगेर वडा स्तरीय प्रतिकार्य टोली गठन गर्दै समुदाय स्तरमा विभिन्न कार्यक्रम गरिने रेडक्रस उदयपुरका सभापती विनोदकुमार बस्नेतले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्ला स्तरमा पनि विपद व्यवस्थापन प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको बताउनु भयो । उहाँले स्थानिय सरकारलाई विपद संग जोड्न तयारी भैरहेको बताउनु भयो ।
त्रियुगा नगरपालिका नगर उपप्रमुख देवीकुमारी चौधरीले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण थप फैलन नदिको लागि जनचेतनाको आवश्यक्ता रहेकाले रेडक्रस संगको साझेदारीमा नगरपालिकाले काम गर्ने बताउनु भयो । यस किसिमको कार्यक्रम कोभिड १९ को प्रारम्भिक चरणकै क्रममा संचालन हुनु पर्ने भए पनि ढिलै भाए पनि यस्तो कार्यक्रमले प्रभावकारी कार्यान्वयन हुन सके नागरिकलाई राहात पुग्ने त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले बताउनु भयो ।
महिला अधिकारकर्मी तथा गैसस महासंघ प्रदेश १ इन्चार्ज महेश्वरी राईले युनिसेफ र रेडक्रसको सहकार्यमा स्वागतयोग्य कार्यक्रम आएको बताउनु भयो । कार्यक्रमले वडा स्तरमा पुगेर कोरोनाको प्रतिकार्य गर्ने किसिमको कार्यक्रम भएकोले उपलब्धीमुलक हुने बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा नगरपालिका क्षेत्रका नगर उपप्रमुख, वडाध्यक्ष, वडा सचिव, स्वास्थ्य क्षेत्रमा क्रियाशिल सरकारी तथा सामाजिक संघ संस्था, पत्रकार लागयतको उपस्तिथी रहेको रेडक्रस उदयपुरका मन्त्री सुभाषकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा कोभिड १९ पूर्वतययारी तथा प्रतिकार्य कार्यक्रमका स्रोत व्यक्ति सुनारमन महतोले कार्यक्रमको बिषयमा जानकारी प्रस्तुत गर्नु भएको थियो ।

Last updated:2020 Aug 03 Monday 07:31:44

प्रतिक्रिया
सम्बन्धित समाचार