उपाहार न्यूज
काठमाण्डौ श्रावण १६
१३ औ दक्षिण एसियाली खेलकुद सागमा कराते तर्फ स्वर्ण पदक जित्दै देशकै नाम राख्न सफल खेलाडि मण्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् । १३ औ सागमा स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडि मण्डेकाजी श्रेष्ठ विहिबार आयोजित एक कार्यक्रममा नगद सहित सम्मानित भएका हुन् । मंसीरमा काठमाण्डौमा सम्पन्न १३ सागमा उनले सितेरियो कराते तर्फ व्यक्तिगत दुई स्वर्ण हात पारेका थिए । श्रेष्ठलाई राष्ट्रिय युवा संघका नेता रमेश आचार्य, जिल्ला फुटवल संघ धादिङका अध्यक्ष दिपक खतिवडाको समन्वय तथा कर्मा कन्ट्रक्शनका प्रोपाईटर, गुडविल बिलर्दसका सिईयो करातेका पूर्व राष्ट्रिय खेलाडि रबी महर्जनका व्यवस्थापनमा नगद पाँच लाख सहित सम्मान गरिएको हो ।
ललितपुर स्थित होटल भिभान्तमा एक समारोहका विच मण्डेकाजी लाई सम्मान गरिएको हो, सम्मान कार्यक्रम गजुरियो करातेका केन्द्रिय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्टस एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिईयो रोसिद उनिथान, स्थानिय युवा समाजसेवी युनिस डंगोल लगायतको उपस्तिथी रहेको थियो । सम्मान कार्यक्रमका सहभागीहरुले स्वर्ण पदक विजेता खेलाडि मण्डेकाजीलाई आगामी दिनका लागि समेत सफताको शुभकामना दिएका थिए ।