उपाहार न्यूज
वेलका श्रावण १५
वेलका नगरपालिका उदयपुरमा स्थानिय राजनैतिक दल तथा स्थानिय नागरिकहरुले भ्रष्ट नगर सरकार मुर्दावादको नारा लगाएर तीन दिन देखि नगरपालिका प्रवेशद्धारमा धर्ना दिएका छन् ।
७ श्रावणमा वेलका नगरपालिका उप प्रमुख राजकुमारी चौधरीले सामाजिक संजाल फेसवुकमा “उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहान्छु जनतासँग माफी माग्न चाहन्छुु काला कर्तुतहरुका बिषयमा कार्यान्वयन हुदैन धिक्कार छ दुई तिहाई सरकार ” लेखेर पोष्ट गरे पछि वेलका नगरपालिका क्षेत्रमा तरंग सिर्जना भएको थियो । उनको त्यो स्टाटसलाई आधार बनाएर उप प्रमुख चौधरी संग केहि स्थानिय तथा राष्ट्रिय संचार माध्यमहरुले उनको अन्तवार्ता तथा समाचारहर प्रकाशन गरेका थिए ।

उनले विभिन्न संचार माध्यम र अन्तवार्ताहरुमा नगरपालिका भित्र फेन देखि स्काभेटर सम्म खरिदमा भएको भ्रष्टचारका कारण आफुले पदबाट राजिनामा दिने घोषणा गरेको राजिनामको निर्णय जनताले दिनु पर्ने बताउदै आएकि थिईन् ।

उनको यो कदमलाई स्थानिय अन्य राजनैतिक दल र स्थानिय नागरिकहरुले पनि चासोको साथ लिदै नगर भित्र भएका भ्रष्टचारको विरुद्धमा एकताबद्ध भएर लाग्न तयारी भएका थिए । तर नेकपा वेलका नगर समितिले उनलाई कार्वाहि गर्ने भने पछि उप प्रमुख चौधरीले ११ श्रावणमा आत्मआलोचना सहितको विज्ञप्ती जारी गर्दै क्षमयाचना समेत गरिन् ।
यता नेपाली कांग्रेस, राप्रपा, जनता समाजवादी पार्टी, नेकपा, किरात खम्वुवान साझा पार्टी लगायत ६ दलले संयुक्त रुपमा वेलका नगरपालिका क्षेत्रमा भण्डाफोर अभियान सुरु गरेको छ । ६ दलको संयुक्त भण्डाफोर अभियान वडा नम्बर ३, ४, ५, ८ र ९ नम्बर वडामा पुगेर अभियान संचालन गरेको कांग्रेसका स्थानिय नेता प्रेम अधिकारीले बताए ।
६ दलको आयोजनामा तीन दिन देखि नगरपालिका परिसरमा प्रवेशद्धारमा धर्ना दिदै आएका छन्, नगरपालिका भित्रको भ्रष्टचारको छानविन गरिनु पर्ने लगायतको माग राख्दै नाराबाजी सहित प्रवेशद्धारमा धर्ना दिईएको स्थानिय पदम खड्काले जानकारी दिए । ६ दलको संयुक्त आयोजनामा आईतबार वृहत विरोध सभाको आयोजना गर्न लागिएको समेत जनाईएको छ ।