Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरको मुर्कुची वजारमा दूग्धडेरी सञ्चालन

  • उपहार न्यूज
  • सोमबार, साउन १२ २०७७
उदयपुरको मुर्कुची वजारमा दूग्धडेरी सञ्चालन

शंकर रिखाम मगर
मुर्कुची, साउन १२।
उदयपुरको चौथौ व्यापारिक केन्द्र मानिने रौतामाइ गाउँपालिकाको मुर्कुची वजारमा पहिलो पटक दूग्ध डेरी सञ्चालनमा आएको छ । स्थानीय कृषकहरुले उत्पादन गर्ने दूध आफ्नै पायक पर्ने ठाउँमा बिक्री गर्न सहज हुनेगरी ‘त्रियुगा दूध डेरी’ सञ्चालनमा आएको हो ।
व्यापार र बजार दुवै हिसावले उत्कृष्ट केन्द्रबिन्दू मानिने मुर्कुचीमा पहिलो पटक डेरी शुरु भएपछि स्थानीय कृषक खुसी भएका छन् ।

सो क्षेत्रका केहीले व्यवसायिक रुपमै दूधका लागि गाईबस्तु पाल्न चाहेपनि बजार अभावका कारण असहज बन्दै आएको थियो । त्यस्तै ग्राहक (सेवाग्रही) पनि नजिकै डेरीले सेवा दिने भएपनि हर्षित भएका छन् । डेरीका प्रोपाइटर नवराज रायामाझिका अनुसार विशेष गरी स्थानीय बजारबासी र नजिकैका गाउँलेहरुका लागि पनि पायक पर्नेगरी सञ्चालनमा ल्याइएको हो । आफ्नै ठाउँमा डेरी सञ्चालनमा आएपछि स्थानीय होटल व्यवसायी र व्यापारी लगायत स्थानिय उपभोक्ताहरुलाइ दूध तथा दूधजन्य परिकारहरु बनाउनका लागि खरिद गर्न सदरमुकाम गाइघाट र सिराहको लहानसम्म पुग्नुपर्ने बाध्यता टरेको स्थानीय व्यापारी बताउछन् ।

डेरीे उद्घाटनकै दिन सन्तोषजनक बिक्री भएको सञलक रायामाझीले बताए । ‘पहिलो दिने चार हजारको बिक्री भयो ।’ उनले भने, ‘स्थानीयलाई सेवा दिने हाम्रो प्रयास सफल होलाजस्तो छ ।’ त्यस्तै सो डेरीका लागि रौतामाइ गाउँपालिकावाट २ लाख वरावरको अनुदान सामग्री उपलव्ध भएको छ । त्यस्तै डेरीका लागि आफूले २ लाख लगानी गरी जम्मा चार लाख पूजिबाट शुरु गरेको पनि रायामाझीको भनाई छ । त्यसैगरी रौतामाइ ७ नम्वर वडालाइ दूध विकास क्षेत्रको रुपमा घोषणा गरी किसानलाई प्रोत्साहनका लागि बिभिन्न १९ घरधुरीलाई लक्षित गरी अनुदान दिने तयारी भईरहेको वडाध्यक्ष उत्तरकुमार मगरले वताए ।

Last updated:2020 Jul 27 Monday 12:28:19

प्रतिक्रिया
सम्बन्धित समाचार