Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

फर्केर हेर्दा १० बर्ष

  • उपहार न्यूज
  • आइतबार, साउन ११ २०७७
फर्केर हेर्दा १० बर्ष

विश्वराज तामाङ
त्रियुगा टाइम्स साप्ताहिक आजको अंकबाट प्रकाशनको १० औ बर्ष पुरा गरी ११ औ बर्षमा प्रवेश गरेको छ, यो खुसी यहाँहरु माझ साट्न पाउदाँ गौरव महसुस गरिरहेका छौ । १० बर्ष अघि उदयपुर सदरमुकाम गाईघाटलाई केन्द्र बनाएर प्रकाशन सुरु गरेको यात्रा कति चाडै १० बर्ष पुरा भएछ ।
सुरुवाती दिनमा रहरले प्रकाशन सुरु भएको पत्रिका पछिल्ला दिनहरुमा त्यसलाई व्यवसायीक बनाउदै अघि बढ्नका लागि हामीले चालेका पाईला र संघर्षहरु स्मरण योग्य छन् । २०६७ साल बाट औपचारिक प्रकाशन शुभारम्भ भएको त्रियुगा टाइम्स साप्ताहिक सुरुवाती दिनहरु कठिन प्राय थियो ।
सिमित साधन र स्रोत विच प्रकाशनलाई निरन्तरता दिनु चुनौतीपूर्ण थियो । नेपाली जनता त्याग र बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि संविधान निर्माण कार्य भैराख्दा दलहरुले निर्धारित समयमा संविधान निर्माण अनिश्चित हुदाँ जनस्तरबाट दबाब दिन र स्थानिय नागरिकहरुलाई सूचनाको पहुच बढाउने उद्देश्यका साथ युवा संचारकर्मीहरुको साथमा पत्रिका प्रकाशनको सुरुवात गरेको थिए ।
२०६२ सालमा स्थानिय माझखर्क साप्ताहिकबाट पत्रकारिता सुरुवात भएको पाइला पत्रकारितामा प्रवेश गरेको ५ बर्ष वित्न नपाउदै आफैले पत्रिका संचालन गर्ने हुटहुटि र महत्वकाक्षा वा दुशसहासले त्रियुगा टाइम्स साप्ताहिकको जन्म भएको हो ।


माझखर्क साप्ताहिकमा संगै काम गरेका सहकर्मी किरनप्रसाद ढुंगाना सम्पादक रहने गरी जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता नम्बर ३१ मा २०६६ सालमा पत्रिका दर्ता भएको थियो । पत्रिका संचालन गरे पनि त्यसको सहि व्यवस्थापन चुनौतीको अर्को पाटो रह्यो ।
सानै देखि संघर्षशिल एक बालक पत्रकारितामा प्रवेश संगै किशोर अबस्थामा पुग्दै गर्दा मनमा जन्मीएको एउटा योजना थियो त्रियुगा टाइम्स साप्ताहिक, प्रविणता प्रमाणपत्र तह (कक्षा १२) अध्यान गर्दै गर्दा पत्रिका दर्ता भयो, किशोर अबस्थाको असिमित इच्छा र आवश्यक्तालाई थाती राखेर रमाउने समय मेरो लागि संघर्षका दिनहरुमा गुज्रीए या भनौ पत्रिकाको दिगो विकास र व्यवस्थपनमा खर्चिए ।
युवा अबस्था रमाउने समय थियो तर त्यो उर्जाशिल समयलाई एउटा विरुवा रोपेर कोपिला फुलएर फक्राउन तर्फ उन्मुख भए, उदयपुरे समाज अग्रज पत्रकारले त्यस समयमा हामीले चालेका कदमहरुलाइ परिक्षाको घडिको त्यस समयलाई अझै लिई रहेको छौ ।
पत्रिका प्रकाशन केहि अंक प्रकाशन गर्ने केहि विज्ञापन संकलन गर्ने र त्यसबाट केहि आर्थिक आर्जन गरेर त्यसलाई सहि व्यवस्थापन दिन नसक्दा निरन्तरता दिन नसके पछि पत्रिका बन्द गर्ने धेरै प्रकाशकहरुले यो नियती भोगेकै होला उदयपुरमा पनि यो किसिमको नियती नदेखेको हैन देखेकै हो ।
यहि चुनौती थियो हामी माझ बजारमा हल्ला चल्ने नगरेको पनि हैन कति दिन सम्म चल्छ होला र धेरै भए दुई चार अंक प्रकाशन होला नयाँ बर्ष र दशै तिहारको शुभकामना उठाउने त होला अरु के होला, हेरौ कति दिन सम्म प्रकाशन गर्न सक्छ ।
यी र यस्तै कुराहरु बजारमा नआएको हैन हुन पनि यस्तो कुरा किन नआओस भर्खर १७ बर्ष पुग्दै गरेको युवा पत्रिका प्रकाशन गर्न तम्सदा कस्ले पो पत्याउने, घरबाट लगानी गर्दिने कुरा भएन लगानी डुबाउला भन्ने अविश्वास, सानो बजर सिमित आम्दानी तर केहि शुभचिन्तकहरुको शुभेच्छा भने साथमा थियो भनौ । एक दिन कर्मचारी युनियन उदयपुरका तत्कालिन अध्यक्ष मुकुन्द ढकालले यहि कुरा सुनाउनु भयो भाई सानै हुनुहुन्छ पत्रिका चलाउने आट गर्नु भयो तर चुनौती धेरै रहेछ अग्रज सहकर्मीहरुले पत्रिका निरन्तरता हुनेमा शंका व्यक्त गर्छन् यो कुराले मनमा केहि भए पनि चुनौती सृजना भयो र अब गर्न पर्छ भन्ने आट र साहस बटुलेर यात्रा अघि बढ्यो ।
बेला मौकामा उदयपुरे पत्रकारहरु पत्रकारिताकै तालिम होस या कुनै पत्रकारहरु संग संबन्धित कार्यक्रम हुदाँ होस अग्रज पत्रकारहरुले बारम्बार दोहो¥याई राख्ने ती शब्दहरु अझै पनि बारम्बार सम्झीन्छु “पत्रकारिता गरेर खान पुग्दैन भर्खर उमेर भएका भाईहरु राम्रो संग पढेर लोकसेवा भिड्नु बरु अरुनै बाटोमा लाग्नु बेकारमा यो क्षेत्रमा लागेर जीवन बर्बात नगर्नु, हामी त फसी हाल्यौ अरु न फस्नु” यो कुरा सन्दा कता कता यी बुढाहरुले किन हामी पत्रकारितामा आएकोमा रिस गरेको होला भन्ने लागथ्यो ।
तर अग्रज ती पत्रकारहरुले भनेको पनि नराम्रो थिएन मोफसलमा पत्रकारिता व्यवसायीक बन्न सकेको छैन, मुलधारमा संचारगृहमा कार्यरत हुने पत्रकारले पनि उचित पारिश्रामिक पाउदैनन् संचारगृहहरु व्यवसायीक रुपमा फस्टाएका छैनन् यो नेपाली पत्रकारिता क्षेत्रको एउटा नियतीनै हो । हाम्रा उदयपुरे अग्रज पत्रकारहरुकै कुरा गरौ पत्रकारितामा लागेर नाम त कमाए तर अग्रज पत्रकारहरुकै सहपाठीहरु अरु पेशा र व्यवसायमा लागेर करोडपति भए तर आफुले सामान्य आवश्यक्ता पनि पुरा गर्ने आर्थिक हैसियत नहुदाँ मन किन त्यो किसिमको कुन्ठा उत्पन्न नहोस, अनि हामी जस्ता किशोरहरुलाई त्यो वेला किन बुढाहरुले पत्रकारिताको विकल्प खोज नभनुन् ।
पहिले पत्रिका प्रकाशन शुभारम्भ गर्दा पत्रिका निरन्तर हुन्छ हुदैन भन्ने समाजले गरीरहेको शंका अर्को तर्फ अग्रज पत्रकारहरुको निराशावादि अनुभवहरु विच हुर्कदो थियो मेरो त्रियुगा टाइम्स साप्ताहिकको यात्राहरु, जहाँ संभावना नै छैन त्यहाँ संभावना खोजेर किन मुर्खता गर्नु जस्तो पनि नलागेको हैन ।
तर अब मनमा एउटा कुराले भने जरो गाड्यो त्यो के भने मोफसलमा बसेर संचारगृहलाई व्यवसायीक बनाउन सकिन्छ कि सकिदैन होला त्यसका विभिन्न पक्षलाई गहिरो विश्लेषण गर्न सुरु गरे पत्रिका प्रकाशनको यात्रा निरन्तर अघि बढि रह्यो, स्थानिय होस या राष्ट्रिय संचार माध्यम संचालन गर्नका लागि संचारमाध्यममा लगानी, व्यवस्थापन र संस्थागत विकास हुन आवश्यक रहेको निष्कर्श निकालेर अघि बढे, अनि अलिकति पछि फर्केर जिल्लाका बन्द भएका अन्य संचारगृह (विशेष पत्रिकाहरु) किन बन्द भए लगानी, व्यवस्थापन र संस्थागत विकास यी तीन कुराहरुमा प्रकाशकले ध्यान नदिदा बन्द भएको निष्कर्शको साथ हामीले यी कुराहरुलाई मध्यनजर गर्दै प्रकाशनलाई निरन्तरता दिन सुरु ग¥यौ, प्रकाशन निरन्तर हुदै गयो ।
पत्रिका केहि बर्ष पश्चात प्रेस काउन्सील नेपालको संपरिक्षण नतिजामा पहिलो पटक ग श्रेणी, त्यस पछि ख हुदै क श्रेणी पुग्दा अझ उर्जा मिलेर आएको थियो, विज्ञापनको सिमित बजार भए पनि सिमित साधन र स्रोतलाई परिचालन गर्दै संस्थागत विकासमा जुटि रह्यौ ।
निरन्तरताको परिणाम हामीले समाजको केहि हद सम्म भए पनि विश्वास जित्यौ, संचार गृहलाई व्यवसायीक बनायौ, जोखिमका विच लगानी ग¥यौ, बजारको व्यवस्थापनमा ध्यान दियौ, संस्थागत विकासमा जोड दियौ तर पनि अझ सन्तोष गर्ने ठाउँ त छैन तर हिजोको भन्दा परिवेश र परिस्तिथीहरु केहि फरक भएका छन् ।
१० बर्षको दौडानमा त्रियुगा टाइम्स साप्ताहिकको निरन्तरता विश्वासको जगमा रहेर अन्य संचार माध्यम पनि संचालनमा ल्यायौ जसलाई अब हामीले एकिकृत रुपमा त्रियुगा मिडिया ग्रुपको नामबाट पहिचान दिई रहेका छौ । पत्रिकाले निरन्तरता पाउदै गए पछि धेरै जनाले गर्नु भएको शंकाहरु विश्वासमा परिणत हुदै गए, पत्रिकालाई व्यवसायीक रुपमा संस्थागत विकास गर्दै अघि बढियो, २०७१ सालबाट त्रियुगा एक्सप्रेस दैनिक पत्रिकाको शुभारम्भ भयो (जुन हाल निरन्तर प्रकाशनमा छ) सामुहिक लगानीमा २०७५ साल श्रावण १६ बाट उपाहार एफ.एम ९५.४ मेघाहर्ज संचालनमा छ, अनलाईन शंस्करण उपाहार न्यूज डटकम परिक्षणकालमा छ जुन केहि समय पश्चात औपचारिक उद्घाटन सहित व्यवस्थित तरिकाले संचालनमा आउने छ ।
मोफसलमा पनि संचारगृहलाई व्यवसायीक बनाएर अघि बढ्नु पर्छ भन्ने अठोट लिएर हिडेको आज १० बर्ष पुग्दै गर्दा हिजोको दिनमा छापा माध्यमबाट सुरु भएको यात्रा आज एकल र सामुहिक लगानी सहित विद्युतिय र अनलाईन सम्म आईपुगेका छौ । हिजो एक्लैले झोलाबाट सुरु गरेको यात्रा आज दर्जन बढि सहकर्मीहरुको साथ र मेहेनतले संस्थागत विकास तर्फ उन्मुख हुदै गर्दा हामीले विगत भन्दा केहि फड्को मारिरहेका छौ ।
यो १० बर्षको अवधिमा हामीले उदयपुरे पत्रकारिता क्षेत्रमा कति सम्म योग्दान पु¥याउन सक्यौ, नागरिकलाई सूचनाको पहुच कति सम्म विस्तार गर्न सकियो यो सबै मुल्यांकन भएकै होला, अबको दिनमा दृढ आत्मा विश्वासका साथ निरन्तर सूचनाका प्रवाहमा हामी हरप्रहर खटिरहने छौ । नागरिकलाई सूचनाको पहुच सहजरुपमा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।
पत्रिका शुभारम्भ हुदाँ तीन दिनहरु साथै सहयोगमा जुट्ने सहकर्मीहरु किरन प्रसाद ढुंगाना, क्याम्पसका सहपाठी मित्रहरु प्रविण घिमिरे, सरोज राउतले राम्रै साथ र हौसला दिएका हुन् । मुगाराम राई, नेत्रकुमार सुनुवार संचार, देविभक्त राईले पत्रिकाको स्वरुप तयार पार्नमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्छु । नेपाली कांग्रेसका तत्कालिन सभापती हिमाल कार्की, क्षेत्रीय सभापती बसन्तकुमार बस्नेतको सहयोग र योग्दान भुलेको छैन ।
सधै हौसला प्रदान गरि राख्नु हुने कांग्रेस नेतृ प्रमिला राई, लक्ष्मी परियार, गीता फयल, मौसम राई पनि सहयोगी पात्र मध्यमा पर्नु हुन्छ । साथ हौसला दिने भिडमा कर्मचारी युनियन उदयपुरका तत्कालिन अध्यक्ष मुकुन्द ढकाल, निगमकुमार कोइराला, मान बहादुर वन, टेक बहादुर खड्का, पानालाल भगत, इन्द्रनारायण चौधरीलाई नसम्झने हो भने अन्याय हुन्छ ।
निर्माण व्यवसायी केशर बुढाथोकी, शिक्षकहरु सुबास बिष्ट, खेस बहादुर मगर, बमेन्द्रबुर्जा मगर, विदुर खड्का, बासुदेव पोख्रेलहरुको साथ पनि स्मरणयोग्य छ । समाजसेवीहरु महेन्द्रकुमार राई, प्रकास कुमार खड्का, किरन राई, सरोजकुमार बस्नेत, सुमन परियार, शैलेस बस्नेतको साथलाई पनि सधै स्मरण गरिरहेका छौ ।
तत्कालिन स्थापना र पछिल्लो समय साथ दिई राख्नु भएका सहकर्मीहरु किरन प्रसाद ढुंगाना, देवराज राई, सन्तोषकला तामाङ, जयन्ती तामाङ, संगीता वाणिया, विजय राई (हाल पनि कार्यरत हुनुहुन्छ) मनिराम पुरी, राहुल यादव, कर्ण बहादुर मगर (डुम्रे), अर्जुन खड्का (जोगीदह), यज्ञराज श्रेष्ठ हडिया, ललीत तामाङ (रामपुर), टेक बहादुर मगर (बर्रे), शम्भु राई (ठानागाउँ), ध्रुब मगर (मुकुर्ची) निर बहादुर राउत (पोखरी) दिपक कार्की (दमौती) बजार प्रतिनिधिहरु लक्षमण राई, शिव श्रेष्ठ, किरन राई, रुपा श्रेष्ठ, विकास राई, निराजन थापा, सिमा श्रेष्ठ, टम्पसेर राई, पार्वन राईको अतुलनीय योग्दानलाई सम्झी रहेको छु । त्रियुगा मिडिया ग्रुप संग आबद्ध भएर यसको उचित विकासमा जोडिनु हुने रमेश विश्वकर्मा, खेमराज दाहाल, सरोज निरौला, कुमार मोते, शंखर रिखाम मगर, स्व. नरेशमोहन तामाङ, चित्रकुमार कार्की, निर्मला थापामगर, तुलासा दहाल, अनिसा परियार, गोपाल तिम्सिना, सृजना खड्का, शौैरभ मगर, पारस कार्की, अभिनास राई छापा पत्रिकाको बिषयमा निरन्तर चिन्ता र चासो राख्नु हुने हाल प्रवासी जीवन विताई राख्नु भएका पत्रकार बुद्धि चाम्लिङ यस घडिमा स्मरण गर्दछु ।
अन्तमा त्रियुगा मिडिया ग्रुपको यो यात्रालाई १० बर्ष सम्म साथ र सहयोग गर्नु हुने सम्पूर्ण शुभेच्छुक, शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहयोगी सबैमा कृतज्ञता व्यक्त गर्दछौ । हाम्रो आगामी यात्रालाई अझ साथ सहयोग, माया र हौसला प्रदान गर्नु हुनेमा पूर्ण विश्वास लिएका छौ । ( लेखक त्रियुगा मिडिया ग्रुपका अध्यक्ष हुन्, सन्दर्भ त्रियुगा मिडिया ग्रुपको स्थापनाको १० बर्ष पुरा गरी ११ बर्ष प्रवेश)

Last updated:2020 Jul 26 Sunday 16:12:53

प्रतिक्रिया
सम्बन्धित समाचार